0 COMMENTS

कल्पना बोहरा साउन ३० अछाम/अछाम जिल्लाको जयगढ वान्निगढी गाँउपालिकामा रहेको वर्दादेवि मन्दिरमा भक्तजनहरुले पुजाआजा गरी श्रीकृष्ण जन्माष्टमी मनाईएको छ ।

हरेक वर्षको श्रीकृष्ण जन्माष्टमीका दिन उक्त मन्दिरमा विषेश पुजाआजा गरिदै आईएको छ । यो वर्ष पनी हरेक बर्ष झै हजारौ भक्तजनहरुले सो मन्दिरमा पुजाआजा गरेका छन । वान्निगढीमा रहेको सो मन्दिरमा पुजाआजा गरेमा मनले चिताएको पुरा हुने जनबिश्वास रहदै आएको छ । उक्त मन्दिरमा पुजा गर्न जिल्लाका मंगलसेन, साँफेवगर, चौरपाटी, रामारोसन लगायत छिमेकी जिल्ला वाजुर, डोटी, कैलाली लगायतका ठाँउहरुवाट भक्तजनहरु पुजाआजा गर्न आउने गर्दछन ।

यस्तै जिल्लाको चौरपाटी गाउँपालिका ४ पायलमा रहेको राधाकृष्ण मन्दिरमा पनी श्रीकृष्ण जन्माष्टमी अवसरमा पुजाआजा गरिएको छ । पर्व मनाउने क्रममा श्रीकृष्ण, कंश, शंकर भगवानका रुप धारण गरी जन्माष्टमीको राति देखि भजनकृतन गरी पछील्लो दिन सम्म मनोरोञ्जन गर्न गरीन्छ ।

२०२९ सालमा मन्दिरको स्थापना गरी २०४३ सालदेखी श्रीकृष्णजन्माष्टमी मनाउने गरेको मन्दिरका पुजारी मणीराज जोशीले बताउनु भयो । यो पर्वको अन्तिम दिन मट्का फुटाएर पर्वको समापन गरीन्छ ।

यस्तै तुर्माखाँद गाँउपालिका वडा नं ८ साविकको धमाली गाविसमा रहेको राधाकृष्ण मन्दिरमा पनी श्रीकृष्णको पुजाआजा गरी आज राती कृष्ण लिला प्रदर्शन संगै देउडा न्याउल्या खेल्ने गरिन्छ । सो मेलामा दैलेख सहितका छिमेकी जिल्लाका भक्तजनहरु समेत मेला हेर्न आउने गर्दछन् ।

यसै गरी सदरमुकाम मंगलसेनमा रहेको शिव मन्दिरमा पनी विहानै देखी भक्तजनहरुको घुईचो लागेको थियो । यो मन्दिरमा पनी आज रातभर भजनकृतन गरी भोली कृष्ण लिला प्रर्दशन गरी दिउसो मट्का फुटायर श्रीकृष्ण जन्माष्टमी मनाउने गरिन्छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।