0 COMMENTS

भक्तपुर, ३० साउन०७४। भक्तपुरको प्रसिद्ध दत्तात्रय र आशापुरी मन्दिरमा लागेको एक महिने मेला आज सम्पन्न भएको छ ।

ब्रह्मा, विष्णु र महेश्वरको त्रिशक्ति स्वरूपमा पुजिने भक्तपुर नगरपालिकास्थित दत्तात्रय मन्दिरमा साउन महिनामा महादेव प्रकट हुने जनविश्वासका साथ साउनको प्रत्येक सोमबार मेला लाग्ने गर्दछ ।

विवाहित महिलाले श्रीमान् र परिवारका लागि तथा अविवाहित महिलाले राम्रो तथा असल वर प्राप्तिका लागि व्रत बसेर दत्तात्रयको पूजा गर्ने गर्छन् । सोमबारे मेला भर्न काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायत आसपासका जिल्लाबाट भक्तजनको घुइँचो लागेको छ ।

मेला व्यवस्थापनका लागि स्वयम्सेवक परिचालन गरिनुका साथै मेलामा सुव्यवस्थाका लागिलाइन बस्नेलाई नम्बर लेखिएको टोकनको व्यवस्था गरिएको छ ।त्यसैगरी सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा आशापुरी महादेव मन्दिरमा लागेको एक महिने साउनको मेला आजबाट सम्पन्न भएको हो ।आशापुरी महादेव मन्दिरमा आज अन्तिम दिन भक्तजनको भीड लागेको छ । भगवान शिवको भब्य आराधना, तीर्थव्रत गर्ने महिना भएकाले यहाँ भक्तजनको भीड लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।