0 COMMENTS

राम सिह धामी , २९ साउन दार्चुला/दार्चुलाको जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र माओबादी गठनबन्धन निर्विरोध रुपमा चयन भएका छन् । जिल्ला समन्वय समितिको उम्मेदवारीका लागि २३ गते कांग्रेस र माओबादी गठनबन्धनले उम्मेदवारी दिएको थियो भने एमालेले प्रतिपक्षमा बसेरै सहयोग गर्ने भन्दै उम्मेदवारी नदिएपछि जिल्ला समन्वय समितिमा गठनबन्धन निर्विविरोध चयन भएको हो । जिसस संयोजकमा नेपाली कांग्रेसका करबीरबहादुर कार्की र उपसंयोजकमा माओबादी केन्द्रका कृष्णासिँह धामी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कांग्रेसका तर्फबाट त्यस्तै सदस्यहरुमा कांग्रेका तर्फबाट भाबीदेवी मौर, दमन्ती लोथ्याल, सन्तोष दयाली, जयराज विष्ट तथा माओबादीबाट उदयसिँह डडाल, बीरसिँह कार्की र पार्वती सिंह निर्विरोध निर्वाचित भएका छन् । आजै निर्विरोध प्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरिनु साथै सपथ ग्रहण गराइएको छ ।

जिल्ला समन्वय समिति संयोजक र उपसयाेंजकलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश दुर्गाबहादुर भुषालले सपथ ग्रहण गराउनु भयोे । नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रतिनिधिहरुलाई  नेपाल पत्रकार महांसंघ दार्चुलाका अध्यक्ष शंकरसिँह धामी, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट र दाचुर्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोईरालाले शुभकामना पनि दिएका छन ।
नवनिर्वाचित जिल्ला समन्वय समितिका संयोजक करबीर बहादुर कार्कीले अधिकारको मात्रै कुरा गरेर नहुने भन्दै कर्तव्य र जिम्मेवार िबोध हुनु आबश्यक रहेको धारणा व्यक्त गर्नु भयो । लामो समयपछि जनताको प्राप्त स्थानिय सरकारमाथि जनताका गुनासा र आबश्यकता खनिएको भन्दै जनप्रतिनिधिहरुले सृजनशील र अध्ययनशील हुनु पर्ने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश दुर्गाबहादुर भूषालले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।