0 COMMENTS
बासुदेब सेढाई

घर जसकाे हाे चाबि उसकै हातमा हुनुपर्ने तर घर एउटाको तर चाबि अर्कोले समातेर बसेपछि घरभित्र अापद अाईपरे कसरी बाहिर निष्कने अाज देशमा त्यै समस्या अाईपरेकाे छ ।

अबिरल बर्षा संगैकाे बाढिले तराई छेत्र जलमग्न छ धनजनकाे क्षति भईरहेकाे छ । सप्तकोसी र लक्ष्मणपुर सहितका सिमा बाँधका ढाेकाहरु बन्द छन् तराईका जनता अातंकित छन् तर बांधका ढाेकाहरु खाेल्ने चाबि भने भारतमा छ भन्छन् देशका सासकहरु कति हुस्सु अाफ्नाे ढाेकाकाे चाबि छिमेकी लाई दिनेहरु त्याे चाबि भारतलाई दियाे कसले र अब माग्ने कसले समस्याकाे बिषय छ । तत्काल बांधका ढाेका खाेल्न सके क्षति कम हुनेथियाे तर के गर्नु ढाेका ताेड्ने तागत छैन चाबि दिदैन छिमेकि । छिमेकीको घरभित्र अापद पर्दा अर्को छिमेकीले सहयोग गर्नुपर्ने तर कति बदमास छिमेकी उ त रमाइलो मानेर रमिता हेरिरहेको छ भने अापद परेकाे छिमेकी भने त्याे बदमास छिमेकी संग हात जाेडिरहेकाे छ । एउटा स्वाधीन , सार्बभौम मुलुककाे कति लज्जास्पद बिषय छ याे ।

बांधकाे चाबिमात्रै हाेईन देशकाे चाबिनै उतै छ । राजनीतिक र अार्थिक रुपमा हामी भारत निर्भर छाै त्यै परनिर्भरताले हाम्रो स्वाभिमान कमजोर बनायकाे छ । कमजोर सरकारले चाबि माग्ने साहास गर्नै सक्दैन फेरि उसकाे अासिर्बाद बिना सरकारमा जानै नसकिने भयपछि झन् समस्या छ । तराईलाई केन्द्र बनायर राजनीति गरेकाहरु नेपाली संविधान काे बिरुद्ध भारत गुहार्न सक्ने तर अाफ्नै छेत्रका नागरिकहरु बाढीमा ढुब्दा केही बाेल्दैनन् किन ? नेपाली शासनको निरीहता देख्दा हामी नेपाली भनेर कसरी गर्व गर्ने अब सम्पूर्ण नेपालीहरु मिलेर भगवान संग प्राथना गरेर वर्षा राेकिदिन अाग्रह गर्नु बाहेक अरु बिकल्प रहेन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।