0 COMMENTS

 साउन २९, सिरहा२०७४/ लहान–१ की ६० वर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणुले बोक्सीको आरोपमा कुटेर मरणासन्न बनाएका छन्। स्थानीय बासिन्दाको सहयोगमा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पुर्‍याइएकी उनको स्वास्थ्य स्थिति गम्भीर रहेको बताइएको छ।

टाउकोबाट रगत बगिरहेको अवस्थामा मरिकलाई अस्पताल व्याइएको लहानका डीएसपी हीराबहादुर पाण्डेले बताए। सासुमाथि कुटपिट गर्ने दुवै बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यधिक रक्सी सेवनका कारण स्थानीय ४० वर्षीय एक पुरुषको मृत्यु भएपछि बोक्सी आरोपमा बुहारी रेणु र सीताले किसनीलाई मरणासन्न हुनेगरी कुटेको स्थानीय बासिन्दाले बताएका छन्। गाउँ समाजमा सबैले सम्मान गर्ने, अति सोझी र भद्र महिलाको रूपमा चिनिने आफ्नी आमा (किसनी) लाई बोक्सीको आरोपमा कुटेको भन्दै छोरी मीनाले दोषीलाई कानुनी कारबाहीको माग गरेकी छिन्।-गोरखापत्र

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।