0 COMMENTS

भाेजपुर २९, साउन २०७४/ भोजपुरको षडानन्द नगरपालिका, केउरानीपानीकी एक बालिकामाथि भएको बलात्कार घट्ना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको पाईएको छ ।

स्थानीय तहको जनप्रतिनिधिले नै घट्ना ढाकछोप गर्न सघाएका छन् ।१२ बर्षीया बालिकामाथि भएको बलात्कार सात दिनपछि बाहिर आएको हो ।

साउन ९ गते घरनजिकै बाख्रा चराउन गएकी बालिकालाई दाजु साईनो पर्ने ३२ बर्षीय मेघराज श्रेष्ठले बलात्कार गरेका थिए ।एक्कासी विरामी परेपछि खाँदवारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनीमाथि बलात्कार भएको खुलेको हो ।घट्ना बाहिर आएपछि मेघराज पीडित परिवारसहित जनप्रतिनिधीहरु दिङ्ला बजारमा बैठक बसे । टोलीले घटना गाउँमै मिलाउने गरी ६० हजार रुपैयाँ लेनदेन गराएको खुलेको छ ।श्रोतको अनुसार छलफलमा षडानन्द नगरपालिकाका मेयर वीरलाल राई, उपमेयर मेरिका राई, ८ नम्बरका वडाध्यक्ष किशोर राई र ७ नम्बरका वडाध्यक्ष बुद्धसिंह राइको उपस्थिती थियो ।यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।