0 COMMENTS

राम सिह धामी दार्चुला ,साउन २८/जनता बैंक लिमिटेडले दार्चुला जिल्लाका थप ३ स्थानमा जनता बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । मालिकार्जन गाँउपालिकाको शंकरपुर पस्ती, लेकम गाँउपालिकाको लाली र दुहुँ गाँउपालिकाको हिकिलामा शाखारहित बैंकिङ सेवा सुरु गरिएको हो । मालिकार्जुन गाँउपालिकाको केन्द्र शंकरपुर पस्तीमा शनिवार आयोजित एक कार्यक्रमबीच शाखारहित बैंकिङ सेवाको सुरुवाती गरिएको छ । मालिकार्जुन गाँउपालिकाका अध्यक्ष नरेन्द्रसिह धामी र जनता बैंकका शाखारहित बैंकिङ सेवा प्रमुख तिलक खतिवडाले संयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । मालिकार्जुन गाँउपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि नरेन्द्रसिह धामीले स्थानीय तहको नयाँ संरचनासंगै ग्रामीण भेगमा बैंकिङ सुविधा थपिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले बैंकिङ सेवाका लागि दार्चुला सदरमुकामसम्म धाउनुपर्ने बाध्यताको अन्त हुने अवस्था आएको बताउनुभयो ।

जनता बैंकका शाखारहित बैंकिङ सेवा प्रमुख तिलक खतिवडाले युकेएडको लगानीमा सञ्चालित सक्षम कार्यक्रमअन्तर्गत दार्चुलाका थप ५ स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरिन लागेको बताउनुभयो । शंकरपुर, लाली र हिकिलाका साथै नौगाड गाँउपालिकाको धुलिगडा र मार्मा गाँउपालिकाको लटिनाथमा यो सेवा सञ्चालन गरिन लागेको उहाँले जानकारी दिनुभयो । छ वर्षअघि दार्चुलामा पहिलो पटक जनता बैंकले शाखा स्थापना गरेको थियो । एक वर्ष पहिला नौगाड गाँउपालिकाको दल्लेख, शैल्यशिखर नगरपालिकाको बगौरा आगर र मालिकार्जुन गाँउपालिकाको जौलजीविमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको थियो ।

शंकरपुरमा आयोजित कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य मन्दिरसिह धामी, नेकपा एमालेका नेता सुरेशसिह धामी, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा दार्चुलास्थित बैंक तथा वित्तिय संस्थाका प्रमुखहरु र स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो । जनता बैंकका दार्चुला शाखा प्रमुख प्रकाश भट्टले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बैंकका अनुसार शंकरपुरमा महेशराज पन्त, लालीमा देवसिह भण्डारी र हिकिलामा जनमसिह बडाल जनता बैंकका स्थानीय व्यवासायिक प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।