0 COMMENTS

भीमदत्तनगर, साउन २८ । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) को टोलीले १० किलो लागुऔषध चरेससहित शुक्रबार कैलालीको फलुबारी नगरपालिकाका ४५ वर्षीय अमरबहादुर बोहरालाई पक्राउ गरेको छ ।

फलुबारी नगरपालिका–१८ ईगाउँ घर भएका अभियुक्त बोहरालाई घरछेउबाट ब्युरोको टोलीले चरेससहित नियन्त्रणमा लिएको ब्युरोका प्रमुख प्रहरी नायब निरीक्षक लोकराज भट्टले जानकारी दिए ।ब्युरोले अभियुक्त बोहराले बझाङबाट चरेस आयात गरी भारत निर्यात गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।