0 COMMENTS
-बासुदेब सेढाई

पबित्र याे बुद्धभुमि शिरमा सगरमाथा
नेपालीले नेपालकै गाउनुपर्छ गाथा
माैलिकता जाेगाउन उठ्ने बेला भयाे
नेपालीको अस्तित्व नै हराउँदै गयाे

पश्चिमेलि संकृतिकाे प्रभाब बढ्दै गयाे
नेपालभित्रै नेपालीपन खाेज्ने बेला भयाे
पैसा संग बिक्री हुदा हाम्रो भाषा धर्म
नेपाली हाै भन्नपनि लाग्न थाल्याे शर्म ।

त्यति बेला कति हाँस्थिन नेपाल अामा मेरि
साम्राज्यवाद बिस्तारबादले घुडा टेक्दा खेरि
कायर भई बिदेशीकाे गुलाम हुनु साँटाे
साहासि भै रक्षा गराै यै देशकाे माटो ।

भ्रष्टाचारले सिमा नाघ्याे लुट ठगि चाेरि
धर्मबिहिन राज्य हुदा बढ्छ घुसखाेरि
माेडल बन्ने हाेडबाजिले नाङ्गिसके चेलि
छाडा धर्म बढ्दै गयाे अस्थिरतामा खेलि ।

जाति धर्म संकृतिकाे बढायर द्वन्द
बिदेशीले पिलाउदैछन् बीस मन्द मन्द
तिन्लाई साथ दिनेहरु देशभित्रैका घाति
अाफ्ना स्वार्थ छाेड अब देशलाई राख माथि ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।