0 COMMENTS

 

अर्घाखाँची, २७ साउन०७४/ जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनको मात्र उम्मेदवारी परेको छ । 

सोअनुसार अध्यक्षमा कांग्रेसका पीताम्बर शर्मा भुसाल र उपाध्यक्षमा माओवादी केन्द्रका ऋषिबहादुर पुलामीले उम्मेदवारी दर्ता गर्नुभएको छ । खुला सदस्यमा माओवादी केन्द्रबाट ढालबहादुर राउत क्षेत्री र रेमबहादुर राना मगर तथा कांग्रेसबाट शमशेर दिन मियाँको उम्मेदवारी परेको छ । 
महिला सदस्यमा विमला परियार, झमकुमारी श्रेष्ठ र लक्ष्मी पौडेल तथा दलित सदस्यमा बलेन्द्र विकले उम्मेदवारी दर्ता गरेको निवार्चन समितिका सदस्य टेकराज गैरेले जानकारी दिनुभयो । मनोनयन दर्तासँगै सबै पद निर्विरोध हुने निश्चित भएको छ । 
नेकपा (एमाले)ले भने कुनै पनि पदमा उम्मेदवारी दर्ता गराएको छैन । निर्वाचन आगामी भदौ १ गते हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।