0 COMMENTS

लमजुङ (बेसीशहर), २७ साउन०७४/ पानी ट्याङ्कीमा डुबेर विहिबार एक बालिकाको ज्यान गएको छ । सदरमुकाम बेसीशहरको मनाङे चौतारामा बस्ने ३ वर्षीया बालिका कृत्तिका गुरुङको ज्यान गएको हो ।

खेल्ने क्रममा कृत्तिका पानी ट्याङ्कीमा परेको हुनसक्ने प्रहरीको अनुमान छ । बालिकाकी आमा मोनिका पसल गएको बेला जमिनमुनि रहेको हजार लिटर अट्ने पानी ट्याङ्कीमा बालिका डुबिरहेको अवस्थामा फेला पारिएको थियो ।

ट्याङ्कीमा बालिका देखेपछि स्थानीयवासीले तत्काल लमजुङ जिल्ला सामुदायिक अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले बताएको छ । बेसीशहर नगरपालिका–१०, गाउँभाचोकका गुरुङ परिवार बेसीशहर बजारमा बस्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।