0 COMMENTS

काठमाडौँ, २६ साउन०७४/आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महारागंजमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृहमा आज सिलबन्दी गरेको छ ।

अनुगमनका क्रममा व्यवसाय दर्तासम्बन्धी कुनै पनि कागजपत्र नभएको, चमेनागृह अत्यन्तै फोहोर रहेको र म्याद नाघेको खाद्य पदार्थसमेत फेला परेको विभागले जनाएको छ । चमेनागृहबाट म्याद नाघेको एक लिटरको २० पोका तेल, आठ पोका चाउमिन र केही पेय पदार्थसमेत नष्ट गरी आवश्यक कागजपत्र लिई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।