0 COMMENTS

कालीकोट, २६ साउन०७४ /जिल्ला समन्वय समिति कालीकोटमा नेकपा (माओवादी केन्द्र) समूह विजयी भएका छन् ।

आज भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाहीले ११ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रेमबहादुर शाहीले छ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत केशवराज पाण्डेले बताउनुभयो ।

त्यसैगरी उपप्रमुखमा लक्ष्मी विष्ट (नेपाली) विजयी हुनुभएको छ भने सदस्यमा अनन्त विश्वकर्मा, ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर शाही, पान्का दमाई, कमला जैसी र वृख शाही विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।