0 COMMENTS

काठमाडौँ, २६ साउन०७४/नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले विगतका चुनावमा पार्टीले ढिला टिकट वितरण गरेको, अन्तर्घात भएको तथा पार्टीले उम्मेदवारलाई आर्थिक सहयोग उपलब्ध गराउन नसकेका कारण पार्टीले पराजय भोग्नुपरेको बताउनुभएको छ । 

काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीको समाजवादी सिद्धान्त र मधेसमा आधारित राजनीतिक इतिहासका कारण आगामी चुनावमा १२७ तहमध्ये करिब १०० तहमा काँग्रेसले विजय प्राप्त गर्ने जिकिर गर्नुभयो । 

उहाँले देशमा विसं २०४८ सम्म करिब आठ हजार किमी सडक भएकामा आफ्नो पार्टीको नेतृत्वमा अहिले ८० हजार किमी सडक र त्यतिखेर एउटा मेडिकल कलेज भएकामा अहिले १७ कलेज विकास गरिएको पनि बताउनुभयो । 

सोही पार्टीका केन्द्रीय सदस्य गुरुप्रसाद घिमिरेले युवालाई उत्पादनसँग जोडेर स्वरोजगारका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो । जिल्ला सभापति विकास लामाले चुनावमा भोगेको पराजयले निष्ठावान् कार्यकर्ताको मनोविज्ञानमा नकारात्मक भावना विकास भएकाले त्यसको विकल्पमा नेतृत्वले गुटबन्दीको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कलाकार सुकुमाया तामाङलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।