0 COMMENTS

काठमाडौं२६साउन०७४/राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका नेताहरु र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता हुँदै छ ।

भारत भ्रमणअघि संविधान संशोधन विधेयकको टुगों लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिन आग्रह गर्नका लागि राजपा नेपालका अध्यक्ष मण्डलका नेताहरुले मन्त्री स्वराजलाई भेट्न लागेका हुन् । प्रधानमन्त्री देउवा भदौं ७ गते भारत भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणबाट फर्केपछि मात्र संविधान संशोधनको विषय टुगों लगाउने भनेपछि राजपा नेपालका नेताहरुले मन्त्री स्वराजलाई भेटी देउवालाई भारत प्रमणअघि नै संशोधन टुंगोमा पुर्याउनको लागि सुझाव दिन आग्रह गर्न लागेको एक नेताले बताए ।

मन्त्री स्वराजले आजै ४ः३० बजे प्रधानमन्त्री देउवालाई उनकै निवास बालुवाटारमा भेट्दैछिन् भने ५ः३० बजे राष्ट्रपति विद्या देवी भण्डारीलाई पनि राष्ट्रपति कार्यालयमा भेट्न लागेको भारतीय दूतावास स्रोतले जनाएको छ । यस्तै अरु दलका नेताहरुसँग भने भोली दूतावासमा भेट हुने बताइएको छ । विदेशमन्त्री सुष्मा स्वराज र राजपा का अध्यक्ष मण्डलका नेताहरु  बीच आज राती नौ बजे सोल्टी होटलमा भेटवार्ता हुनेछ  बताइएको छ ।स्वराज नेपाल विमस्टेक सम्मेलनमा भाग लिन  आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।