काठमाण्डाै २५साउन०७४/खरिद बिक्री गर्न भनि ओसार पसार गरी संरक्षित वन्यजन्तु चितुवाको थान- १ (एक)छाला ल्याएको अबस्थामा पाल्पा तानसेन न.पा. वडा नं. ११ बस्ने बर्ष २२ को धिरज रानाभाट र सिन्धुली मरीन गाँउपालिका वडा नं. १ बस्ने वर्ष २४ को विजय भोलान लाइ केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ नगरपालीका वडा नं ४ सुकेधाराबाट पक्राउ गरेकाे छ ।पक्राउ परेका दुबैजनालाइ आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौमा बुझाईएको छ ।
प्रतिक्रिया दिनुहोस्