0 COMMENTS

राम सिह धामी, दार्चुला साउन २५/त्यस्तै निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा स्वातन्त्र तर्फका १ हजार १४ जना उम्मेदवारमध्ये सबै जनाले निर्वाचन खर्च विबरण बुझाएका छैनन ।

हालसम्म जिल्ला निर्वाचन कार्यालयमा ३ सय ९६ जना उम्मेदवारले मात्रै निर्वाचन खर्च विवरण बुझाएको सुचना अधिकारी डागाँले बताउनु भयो । महाकाली नगरपालिकामा ५१ जनाले, शैल्यशिखर नगरपालिकामा ३४, मालिकार्जुन गाउँपालिमामा ६४ जना, मार्मामा ३८ जना, अपिहिमाल ३३, नौगाढमा ३८, व्याँसमा ५४, लेकम गाउँपालिकाका २८ जनाले मात्रै हालसम्म निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगको निर्वाचन खर्चको हदमा उल्लेख भए बामोजिम महानगरपालिकाको प्रमुख तथा उपप्रमुखले ७ लाख ५० हजार , वडाध्यक्ष, सदस्य तथा दलित सदस्यले ३ लाख खर्च गर्न पाउने व्यवस्था गरेको छ भने उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखले ५ लाख ५० हजार र वडाध्यक्ष, सदस्य, महिला , दलित सदस्यले २ लाख ५० हजार खर्च गर्न पाइने भनेको छ । त्यस्तै नगरपालिकाको प्रमुख तथा उप्रमुखले ४ लाख ५० हजार र वडाध्यक्ष, सदस्य, महिला दलित सदस्यले २ लाख सम्म खर्च गर्न पाउने उल्लेख गरिएको छ भने गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षले ३ लाख ५० हजार र वडाध्यक्ष, महिला, दलित सदस्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।