0 COMMENTS

राम सिह धामी, दार्चुला साउन २५/दोस्रो चरणमा असार १४ गते भएको स्थानिय तहको निर्वाचन सम्पन्न भएको महिना दिन बढी बितीसकेको छ तर दार्चुलमा विभिन्न राजनीतिक दल तथा स्वातन्त्र उम्मेदवारका प्रचार प्रचार सामग्री हटाइएका छैनन् ।

असार १४ गते सम्पन्न भएको दोस्रो चरणको निर्वाचनको मतदान हुनु पुर्व मौन अवधि सुरु भएसंगै निर्वाचनमा भागलिने राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका प्रचार प्रसार सामग्री हटाउनु पर्ने आचारसंहितामा उल्लेख गरिएको भएपनि दार्चुला जिल्ला सदरमुकाम खलंगा लगायत दार्चुलाका विभिन्न सार्वजनिक स्थलहरुमा विभिन्न पार्टीका फोटो सहितका प्रर्चा पम्प्लेट टागिंएका छन् । जिल्लाका कतिपय मतदान केन्द्र नजिक टाँसिएका प्रचार सामग्रीहरु समेत हटाइएका थिएन । निर्वाचनमा भाग लिने उम्मेदवारहरुको प्रचार सामग्री मौन अवधि सुरु हुनुपूर्व हटाउनु पर्ने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी आनसिँह डागाँले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।