0 COMMENTS

काठमाडौँ, २५ साउन । रु तीन करोड १२ लाखको लागतमा ऐतिहासिक र पुरातात्विक महत्व बोकेका कंकेश्वरी मन्दिरको पुनःनिर्माण हुने भएको छ ।

काठमाडौँ महानगरपालिका– १९ सिथत सो मन्दिर २०७२ साल वैशाख १२ गते गएको भूकम्पले क्षति पु¥याएपछि पुरातत्व विभागको सहयोगमा पुनःनिर्माण हुन लागेको हो ।

कंकेश्वरी मन्दिर पुनःनिर्माण समितिले ऐतिहासिक तथा पुरातात्विक अष्ट्रमात्रिकामध्येको एक मन्दिरको आज नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले शिलान्यास गर्नुभयो ।

सो अवसरमा पूर्वमन्त्री जोशीले ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वका धनी देश नेपालमा भएका सम्पदाको पुनःनिर्माण गरी पर्यटकीय आकर्षणको गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

१८४ वर्ष पुरानो मन्दिर तीन वर्ष लगाएर पुनःनिर्माण गरिने मन्दिर पुनःनिर्माण समितिका सदस्य पुस्कर पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।