0 COMMENTS

कल्पना बोहरा, साउन २४ अछाम /तत्कालिन विद्रोही नेकपा माओवादीद्धारा १६ वर्ष अघि ध्वस्त भएको अछाम दरबार पुनर्निर्माणको काम सुरु भएको छ ।

निर्माण कार्य सुरु भएको ९ वर्ष वितिसक्दा पनी अछाम दरवार निर्माण कार्य सम्पन्न हुन सकेन भन्ने समाचार ईमेज खवरमा यही साउन ११ गते प्रशारण भएपछी निर्माण कार्यले गति लिएको हो ।  बिगत नौ बर्ष देखि निमार्ण कार्य सुरु भए पनि दरबार निर्माण कार्य अधुरै रहेको थियो । यो विषयमा ईमेज खवरमा रिपोर्ट प्रशारण भएको थियो ।

तत्कालिन विद्रोही नेकपा माओवादीले २०५८ साल फागुन ४ गते सदरमुकाम मंगलसेन आक्रमण संगै सो दरबार पनी ध्वस्त गरेका थिए ।     २०६५ साल असार २४ गतेबाट सुरु भएको मंगलसेनको टुँडीखेलस्थित अछाम दरबारको पुनर्निर्माणको काम २०६८ सालमा सम्पन्न हुने सम्झौता भए पनि ठेकेदारले विभिन्न समस्या देखाउदै निर्माण कार्य रोकिएबो थियो ।

 दरवार निर्माणका लागी २ करोड २५ लाख ७३ हजार ६ सय ४५ रुपैयाँमा साउद कन्ट्रक्सनले जिम्मा लिएको थियो । स्थानिय बासिले पटक पटक दरबार निमार्णको बारेमा आवाज उठाएपनि ठेकेदार कम्पनीले काठको समस्या देखाउदै आएको थियो । नेपाल सरकारले एक जिल्ला वाट अर्को जिल्लामा काठ ओसारपसारमा रोक लगाएका कारण पुनःनिर्माणमा ढिलाई हुन गएको ठेकेदार जयवहादुर साँउदले वताएका छन । अलिे भने सरकारले जुनसुकै ठाउँबाट पनि काठ ल्याउन सक्ने व्यवस्था गरेपछि आगामी जेठभित्र निर्माण कार्य सम्पन्न हुने ठेकेदार कम्पनीका जयबहादुर साउदको भनाई छ ।

शहरी विकास डिभिजन कार्यालय दिपायलका झपट विकले पनी काठको अभावका कारण समयमै दरवार निर्माण कार्य सम्पन्न नभएकोे बताएका थिए ।  पटक पटक ताकेता गर्दा पनी दरबार निर्माण नभएपछि याहाँका स्थानिय बासि शिक्षक बिधार्थी लगाएतले नारा जुलुस  समेत गरेका थिए । स्थानिय बासिले भने सम्बन्धित निकायको वेवास्था र ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाकै नमुनाको रुपमा रहेको दरबार निर्माण हुन नसकेकोे आरोप लगाउदै आएका थिए ।  सहरी विकास डिभिजन कार्यालय राजापुरले दरबार निर्माणका लागि हालसम्म १ करोड ६ लाख रुपैयाँ खर्च भइसकेको जनाएको छ । अछामकै ऐतिहासिक दरबारको निर्माण कार्य अघि वढे संगै स्थानिए बासिन्दा खुसि भएका छन । समयमै दरबार र्निर्माण भए जिल्लामा पर्यटक भित्र्याउन सहज हुने र यहाँका जनताहरुको आर्थिक अवस्थामा सुधार हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।