0 COMMENTS

कल्पना बोहरा, २४ साउन, अछाम /बाजुराको बडिमालिका जाने क्रममा मृत्यु भएका तीर्थयात्री रामबहादुर बोहराको पार्थिव शरीर चार दिन पछि हेलिकप्टर द्धारा मात्र अछाम ल्याईएको छ ।

मृतक बोहराको शव गाउमा हेलिकप्टर बस्न नसक्दा नन्देश्वरी मावि षोडशामा अवतरण गरेको छ । सो ठाउबाट मृतकको शव १ घण्टा पैदल पछि घर पुर्याएको छ ।साउन २० गते शनिबार लेक लागेर मृत्यु भएका अछाम जिल्ला मल्लेख गाउँपालिका वडानम्बर– ५ का वडा अध्यक्ष बोहराको मृत्यु भएको थियो ।

सुर्खेतबाट आएको हेलिकप्टरले तिन दिन देखि शव ल्याउने प्रयास गरेपनि त्रिवेणीधाममा मौसम खराबीका कारण अवतरण हुन सकेको थिएन । हरपल प्रयस पछि मंगलबार बिहान शब अछाम पठाउन सफल भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो ।अध्यक्ष बोहराको मृत्यु भएको एक दिनपछि आएको हेलिकप्टर अवतरण गर्न खोज्दा बादल र पानीका कारण त्रिवेणी लैजान समस्या भएको थियो । सो हेलिकप्टर समरजित गुल्मको सुरक्षामा राखिएको थियो । चार दिन सम्म घटनामा तीनजना प्रहरी र मृतकका आफन्त मात्र रहेको थिए ।

यातायातको असुबिधा, अफ्ठेरो पैदल बाटो भएका कारण शवलाई हेलिकप्टरबाहेक अन्य माध्यमबाट ल्याउन सक्ने अवस्था नरहेको शव ल्याउनका लागि हेलिकप्टर तयारीमा भए पनि मौसम खराबका कारण हेलिकप्टर समरजित गुल्मको सुरक्षामा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।