दमौली २४, साउन ०७४/ तनहुँ प्रहरीले पेस्तोल सहित आज दुई जनालाई प्रकाउ गरेको छ । चेकजाँचका क्रममा प्रहरीले दमौलीस्थित मादी नदी पुलबाट पेस्तोल सहित दुई जनालाई प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक विजय पण्डितले जानकारी दिए अनुसार प्रकाउ पर्नेमा मध्यनेपाल नगरपालिका वडा नं १ का शिवराज गिरी र व्यास नगरपालिका वडा नं १० का प्रविन गुरुङ रहेका छन् । उनीहरुको साथबाट अमेरिकामा बनेको ९ एमएमको एक थान पेस्तोल बरामद गरिएको प्रहरी निरिक्षक पण्डित बताए ।
जिल्ला समन्वय समिति तनहुँले आव्हान गरेको टेण्डर दर्ता गर्न आएका समूहलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पेस्तोल बरामद भएको हो । प्रकाउ परेका दुवै जनालाई अदालतबाट म्याथ थप गरी कार्वाही प्रकिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यसैबीच टेण्डर दर्ताका क्रममा हुनसक्ने झडपका घटनालाई मध्यनजर गर्दे प्रहरीले दमौलीमा मंगलबार चेकजाँच अभियान कडा पारेको थियो । त्यसक्रममा प्रहरीले दमौलीको मुख्यचोक, प्रशासनचोक लगायतका स्थानहरुमा सवारी साधान राकेर चेकजाँच गर्नुका साथै पैदलयात्रुहरुलाई समेत चेकजाँच गरेको थियो ।