0 COMMENTS

अमेरिका (वासिंटन डिसी), २४ साउन०७४ /नेपाली सामुदायिक भवन निर्माणका लागि आइतबारदेखि अमेरिकाको बोष्टनमा श्रीमद्भागवत महापुराण सप्ताह यज्ञ शुरु गरिएको छ ।

नेपालका पं दीनबन्धु पोखरेलले श्रीमद्भागवतको वाचनसहित सप्ताह यज्ञ प्रारम्भ गर्नुभएको हो । सो सिलसिलामा आइतबार एक हजार आठ कलशयात्रा समेत गरिएको थियो ।

पशुपतिनाथ बुद्ध फाउण्डेशनको सहयोगार्थ आयोजित सप्ताहबाट उठेको रकमले बोष्टनमा एक सामुदायिक भवन बनाइने आयोजकले जनाएको छ । सप्ताहा व्रतबन्ध, गुन्यू चोलो, लाख बत्ती, चौरासी पूजा, तुला दान, दश दानलगायत विभिन्न कर्मकाण्डसमेत गरिने बताइएको छ । कार्यक्रममा लामा पाठ, बौद्ध शिक्षाको ज्ञानलगायत कार्यक्रमसमेत गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।