0 COMMENTS

कल्पना बोहरा, २३ साउन, अछाम/ मंगलसेन नगरपालिकाको नगरसभाको वैठक सम्पन्न भएको छ । आईतवार सुरु भएको वैठक आज सम्पन्न भएको हो ।

वैठकले ९ ओटा ऐन नियम पास गरेको छ भने  नगर कार्यसभको वैठकले आर्थिक ऐन, स्थानीय तहको विनियोजन ऐन, वैठक संचालन सम्वन्धी कार्यविधि, पदाधिकारीको आचारसंहिता, कार्य विभाजन नियमावली २०७४ पास गरेको छ । यस्तै वैठकले कार्य सम्पादन नियमावली, स्थानीय तहको योजना तथा वजेट तर्जुमा दिग्दर्शन, निर्णय वा आदेश र अधिकार पत्रको  प्रमाणीकरण कार्यविधि नियमावली र नगरसभा संचालन कार्यविधि २०७४ पास गरेको छ ।

मंगलसेन नगरपालिकाका प्रमुख पदम वहादुर वोहराको अध्यक्षतामा वसेको वैठकले यी एेन नियम तथा विनियम पास गरेको नगपालिकाका सुचना अधिकारी नरेश कठायतले जानकारी दिनु भयो ।यस्तै वैठकले ६ ओटा विषयगत समिति, राजश्व परामर्ष समिति र स्रोत परिचालन समिति पनी गठन गरेको छ । वैठकले मंगलसेन नगरपालिकाको हाल सम्म सेवाग्राहीहरुको पिरमर्कालाइ ध्यानमा राखि दिउसोको २.०० देखी ५.०० बजे सम्म पनि कार्यालय समय भित्र राजश्व असुली गरी सेवा प्रवाहलाई सहजता प्रदान गर्ने र रु १०,०००।– (दश हजार) भन्दा बढी राजश्व समेत न.पा.बाट नगदी रसिदबाट रकम बुझिलिने, मंगलसेन नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिहरूले  नगरलाई तिर्नुपर्ने सम्पूर्ण कर दस्तुर समय सिमा भित्र नियमित बुझाई विकास निर्माणमा सहयोग पु–याउने र आफुसंग रहेको अचल संम्पतीकाे संम्पती विवरण फारम भरी निश्चित समय भित्र मंगलसेन नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा पेश गर्ने, यस नगरपालिकामा स्थानीय तहका स्थायी  कर्मचारीहरुको अक्षयकोष वापतको रकम जम्मा हुने कर्मचारी कल्याण कोषको खाता र यस नगरपालिकाको आन्तरिक श्रोतको रकम  (क) वर्गको विकास बैकमा जम्मा गरि बैकिङ्ग कारोवार गर्ने

यस्तै वैठकले संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्मचारी प्रशासन शाखाको संगठन संरचना र जनशक्ति व्यवस्थापन सम्बन्धी कर्मचारी दरवन्दी खाका तथा स्थायी दरबन्दी तर्फका करार सेवामा लिने कर्मचारीहरुको व्यवस्था गरि आन्तिरिक श्रोत तर्फका सेवा करारमा लिने कर्मचारीहरुको हकमा आगामी बैठकमा पेश गर्ने गरि नि.कार्यकारी अधिकृतलाई कर्मचारी दरबन्धी मिलानको जिम्मा दिने, नगरपालिका क्षेत्र भित्रका ब्यापारी, निजी बिध्यालय, संघ सस्थाहरु लगायत करको दायरामा आउन योग्य निकायहरुले नगरपालिकाको कर दस्तुर नबुझाए सम्म नगरपालिकाको तर्फबाट कुनै कारोवार समेत नगर्ने, यस्तै यस नगरपालिकामा बिगत बर्ष देखि करार सेवामा कार्यरत कर्मचारीहरुको करार म्याद मिति २०७४/०३/३० गते समाप्त भएको र म्याद थपका लागि पेश भएका निवेदन माथि छलफल नगरपालिकाको वडा नं. १ देखि १४ सम्मका असिस्टेण्ट सव ईन्जिनियर, सहजकर्ता, कार्यालय सहयोगी र सरसफाई कार्यरत कर्मचारीहरुलाई साविककै तलब भत्ता उपलब्ध हुने गरि यहि मिति २०७४/०४/०१ गते देखि लागुहुने गरि २०७४ साल पौष मसान्त सम्मको म्याद थप गरि कामकाजमा लगाउने र अनुमोदनका लागि नगर सभामा लैजाने निर्णय गरिएको सुचना अधिकारी कठायतले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।