0 COMMENTS

राम सिह धामी, दार्चुला, साउन २३/ जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसले संयोजक र ४ सदस्य तथा माओवादी केन्द्रले उपसंयोजक र ३ सदस्यसहित आज मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको मूख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले जानकारी दिएका छन् ।

नेपाली काँग्रेसले संयोजकमा करबीरबहादुर कार्की, सदस्यहरुमा भावीदेवी मौर, दमन्ती लोथ्याल, सन्तोष दयाली र जयराज बिष्टले उम्मेदवारी दिएका छन् भने माओवादी केन्द्रकातर्फबाट उप संयोजकमा कृष्णसिह धामी र सदस्यहरुमा उदयसिह डडाल, बीरसिह कार्की र पार्वती सिंहले उम्मेदवारी दिएका छन् ।

जिल्ला समन्वय समिति ९ सदस्यको बनाउने यस अघि नै जिल्ला सभाले निर्णय गरेको थियो । ९ वटै पदमा काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेदवारी दिएपछि एमालेले भने उम्मेदवारी दिएको छैन । काँग्रेस र माओवादीबीच गठबन्धन हुँदा स्पष्ट बहुमत पुग्ने देखिएपछि एमालेले उम्मेदवारी नै नदिएको हो । उनीहरुको प्रष्ट बहुमत छ, हामी प्रतिपक्ष मै बस्छौं । एमाले जिल्ला कमिटि सचिव ज्ञानेन्द्र घर्तीले भन्नुभयो ।
जिल्लाका ९ स्थानीय तहबाट जिल्ला सभामा नेपाली काँग्रेसका ९, नेकपा एमालेका ७ र माओवादी केन्द्रका २ जना प्रतिनिधि छन् । काँग्रेस र माओवादी केन्द्रबीच गठनबन्ध हुँदा ११ सदस्य पुगेका छन् भने एमालेसँग ७ जना मात्रै छन् ।यदी कसैकाे उमेदवारी नपरेमा साउन २९ गते यही गठबन्धनलाइनै  निर्विरोध निर्वाचित घोषित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।