0 COMMENTS

रमिला बस्नेत,उदयपुर,साउन २३/चाैदण्डीगढी नगरपालिका मा भइरहेको मतदाता नामवली संकलनमा प्रहरीले अाफ्नाे मनाेमानी गर्दै  पदकाे दुरूपयाेग गरिरहेकाे  छ ।
नामवली संकलन गराउन केन्द्र पुगेका असाहाय,बृद्ध सुत्केरी र लाईनमा बसेका लाई समेत बेवास्ता गर्दै  सुरक्षाकालागी खटीयका असर्इ कृष्ण बहादुर भट्टराईले अाफन्त र  चिनजानकाहरूलार्इ  बिनालाइनमानै भटाभट फाेटाेखीचाउन लगीदीने  गरेकोकुरा  सेवाग्राहीले संकलन केन्द्रमानै गुनासो गरीरहेका थीए ।

अाफुहरू काखमा  साना नानी च्यापेर  पाच ,छ घण्टा देखी लाइनमा बसी  अाफ्नाे पालाे  पर्खिरहेकाे  तर प्रहरी पदकाे दुरूपयाेग गर्दै असइले अाफुभन्दा पछि अाउने  हरूलार्इ मनाेमानी ढंगले बिनालार्इननै  फाेटाे खीचाउने र नाम संकलन गराउनेकाम  सकृय रहेकाे गुनासो थियो ।

फाेटाे सहितकाे मतदाता नामवली संकलन गराउन पुगेकी चाैदण्डीगढी नगरपालिकाकी  चन्द्रकला राई गुनासो पाेख्दै भन्छिन् ,”मेरो ६ नं मा पालाे थियो ,अहिले ७०, नं काे फारम सकिन्दा पनि मेराे पालाे अाएन।अहिले भर्खरै एउटा मान्छे अायाे प्रहरीसंग  कुरा गर्याे एकैछिनमा बनाएर गयाे। भाेक ,तीर्खा त  अाफुलाइ पनी लागेकाे छ , त्याहामाथि प्रहरीले नै पक्षपात गर्छ।अनि मैले अावाज उठाए,के हाे यस्तो ,पालाे मिच्न पाईन्छ ? हाम्राे चै काम छैन ? के हामिमात्रै लाइन लागीरहने ? मेराे बाेलि भुईमा नखस्दै प्रहरी कृष्ण बहादुर भट्टराईले ए बहिनी हल्ला नगर याे मान्छेकाे फारम हिजो देखिकाे हाे।

तेसबारे हामीले नाम संकलन गर्न पुगेकी   कर्मचारी रुना कार्कीले संग बुझ्दा वाहाले  भन्नुभयाे,” यहाँ कुनै हिजोदेखिकाे फर्म छैन । अाज सिर्फ वडा नं,२ काे अाजैकाे मात्रै नामवलि संङ्कलन हुदैछ ।

काे नागरीकले  सहि कुरामापनि किन अावाज उठाउन नपाउने ? एउटा जिम्मेवारी बाेकेकाे प्रहरीले नै किन गर्छ पक्षपात ? के नागरी संग बाेल्न पाउने अधिकार छैन ? यदि यसरी साेझा,सीधा नागरीकहरूलाइ अाफ्नाे पदकाे अाडमा मनाेमानी गर्नुकाे साटाे अपांग ,बृद्द,बृद्दा,नानिका अामाहरुलाई पालाे दिएकाे भए मानवताको भावनाले पनि चुप लाग्न बाध्य हुन्थाे  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।