0 COMMENTS

कल्पना बोहरा, २३ साउन, अछाम ।बाजुराको बडिमालिकामा लेक लागेर शनिबार मृत्यु भएका अछाम मेल्लेख(५ का वडा अध्यक्षको शव तीन दिनसम्म ल्याउन सकिएको छैन ।

प्रसिद्ध बडिमालिका माताको पुजा गर्न गएका अध्यक्ष रामबहादुर बोहराको लेक लागेर शनिबार बेलुकी ८ बजे बाटैमा मृत्यु भएको थियो । यातायातको असुबिधा, अफ्ठेरो पैदल बाटो भएका कारण शव बोकेर हिँड्न नसकिने र प्रतिकुल मौसमका कारण आइतबार बिहानदेखि हेलिकप्टरबाट शव ल्याउने प्रयास भए पनि सफल हुन सकेको छैन ।

सोमबार मार्तडीबाट शव ल्याउन त्रिवेणी गएको हेलिकप्टर मौसमका कारण फिर्ता भएको बाजुराका प्रहरी प्रमुख डिएसपी दलबहादुर बोगटीले जानकारी दिए । प्रहरी प्रमुख बोगटीले भने( ‘माथी (त्रिवेणी) हेलिकप्टर ल्याण्ड गर्न सकेन, माैसममा सुधारअाउछकी भनेर यहीँ (मार्तडी) कुरिरहेको छ ।’उनले थपे, ‘साँझसम्म मौसम खुलेमा शव ल्याउन सकिन्छ ।’

शव ल्याउन हेलिकप्टर बाजुराको मार्तडीमा पुगिसकेको र प्रहरी लिएर शव ल्याउने तयारी भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामेछानेको भनाई छ । प्रजिअ लामिछानेले भने( ‘मौसम त त्यति राम्रो छैन तर हेलिकप्टर त्यता जाने अन्तिम तयारी छ । आइतबार हेलिकप्टरबाट शव ल्याउन प्रयास भएपनि मौसम खराबका कारण सम्भव नभएको अछामका प्रमुख जिल्ला जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।

फोन सम्पर्क समेत राम्ररी नहुने उक्त स्थानमा चार प्रहरी र तीन मृतकका आफन्तले तीन दिनदेखी शव कुरिरहेको प्रजिअ विष्टले बताए । शव रहेको स्थानबाट तल आउन बाटो निकै साँघुरो र भीर भएकोले शव बोकेर ल्याउन कठिन भइरहेको बताइएको छ ।
रामबहादुरको मृत्युको खबर सुनेपछि आफन्त अछामको मेल्लेखबाट आइतबार बडिमालिका तर्फ हिँडिसकेका छन् । गाउँ भने शनिबार बेलुकीबाटै शोकाकुल अवस्थामा छ ।

अध्यक्ष बोहराको शव रहेको त्रिवेणी नगरपालिका(९ लौरी विनायक भन्ने स्थान पुग्न बाजुरा सदरमुकाम मार्तडीबाट पैदल हिडेर लगभग दुई दिन लाग्ने बाजुराका पत्रकार पदम सिंहले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकप्टर मार्फत शव ल्याउन सम्बद्ध निकायलाई आइतबार नै निर्देशन दिइसकेका थिए ।

दोस्रो चरणका स्थानीय तह निर्वाचन अछामको मेल्लेख गाउँपालिका(५ बाट वडा अध्यक्षमा उनी निर्वा्चित भएका थिए । नेपाल तरुण दल अछामका जिल्ला उपाध्यक्ष रहेका बोहराका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।