0 COMMENTS

 कल्पना बोहरा ,साउन २२ अछाम/ अछामको चौरपाटी गाउँपालिकाका देविथुको देवकन्या मन्दिरमा साउन शुक्ल चतुदर्शिका दिन लाग्ने मेला आज सम्पन्न भएको छ । देविथुको देवकन्या मन्दिरको पूजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वासका कारण अछाम जिल्ला लगायत क्षिमेकी जिल्लाका भक्तजनको उपस्थिति रहने गर्छन । देविथुको देवकन्या मन्दिरमा पूजाआजा पछि बोल्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले देवकन्या मन्दिरलाई धार्मिक स्थलको विकासको लागि पहल गर्ने बताउनुभयो । उहाँले देवकन्या मन्दिरसम्म पुग्ने सडकको स्तरउन्नतीसँगै घेरा पर्खाल निर्माणको लागि काम अघि बढाईने बताउनुभयो ।

उहाँले चौरपाटी गाउँपालिकाका रहेका अन्य धार्मिक पर्यटकीय स्थलको विकासको लागि सबैसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो । यस्तै चौरपाटी गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत खगेन्द्र खड्काले देवकन्या मन्दिरलाई धार्मिक रुपमा विकासको लागि पहल गर्ने बताउनुभयो । देवकन्या मन्दिरमा हरेक वर्षे साउन शुक्ल चतुदर्शिका दिन पूजाआजकासँगै देउडा खेल पनि खेलिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।