काठमाडौं २२,साउन ०७४/ अईतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरी टुक्रिएको छ । पार्टी फुटाएर नेता पशुपति शम्शेर राणाले नयाँ पार्टी दर्ता गरेका हुन् ।
उनले आफ्नो नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको जनाईएको स्राेतले बतायाे ।
राप्रकाका पुराना नेता पशुपति शम्सेर राणाकाे नेतृत्वमा सुरु भएको नयाँ दलका राप्रपा नेता तथा पूर्वमन्त्री दीपक बोहराको नेतृत्वमा गएको समूहले पार्टी विभाजनको जानकारी पत्र सभामुख ओनसरी घर्तीलाई पनि बुझाइएको छ । राणाको समूहमा बोहरासहित केन्द्रीय सांसदहरु सुनील थापा विक्रम पाण्डे, सीता लुइँटेल, कमला शर्मा, बबिना मोक्तान, रमेश तामाङ, रेशम लामा, विराज विष्ट, रामकुमार सुब्बा, परशुराम खापुङ, सयन्द्र बान्तवा, राज्यलक्ष्मी, स्ताक आलम, राजेश्वरी लगायत छन् । यस अगीनै नेता प्रकाश चन्द्र लाेहनीले राप्रपा बाटनै फुटेर एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) संन्चालन गरीसकेका छन ।