0 COMMENTS

 चितवन २१ साउन २०७४/ चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बढाउनु भएको छ । वडा नम्बर २० को २ हजार ८ सय १ मत गणना भईसक्दा दाहालले एमालेका उम्मेद्वारी देवी ज्ञवाली भन्दा १ सय ५६ मतको अग्रता लिनु भएको हो ।

पछिल्लो सार्वजनिक मतअनुसार दाहालले ४२ हजार ९ सय १३ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका ज्ञवालीले ४२ हजार ७ सय ५७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । गत बैशाख ३१ गते भएको निर्वाचनमा सो वडामा ३ हजार ३ सय २ मत खसेको थियो । अब ५ सय १ मत मात्र गन्न बाँकी छ । यस्तै उपप्रमुखमा कांग्रेस उम्मेदवार पार्वती शाहको जित सुनिश्चित भइसकेको छ ।

उहाँले ४६ हजार ९ सय ६६ मत प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार दिव्य आचार्यले ३९ हजार ३ सय ७७ मत प्राप्त गर्नु भएको छ । आज रातिसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताउनुभएको छ । भरतपुरको कर्भड हलमा जारी मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा ३ वटा सिसि टिभी क्यामरा जडान गरिएको छ । तार जाली लगाएर गणक र पार्टी प्रतिनिधिलाई छुट्ट्याएर राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।