0 COMMENTS

काठमाडौँ, २१ साउन०७४/ कीर्तिपुर ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम कीर्तिपुर ब्याडमिन्टन कप–२०७४ आजदेखि सुरु भएको छ ।

कीर्तिपुर ब्याडमिन्टन क्लबको खेल मैदानमा सुरु भएको खेलमा काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङका ६४ टोलीको सहभागिता रहेको छ । खेलको उद्घाटन गर्दे कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले क्लबले विभिन्न जिल्लाका खेलाडीलाई जम्मा गरेर राष्ट्रिय स्तरको प्रतियोगिता गरेको भन्दै आयोजक क्लबलाई धन्यवाद दिनुभयो ।

उहाँले खेलकुदले व्यक्तिको शारीरिक रुपलाई तन्दुरुस्त राख्न मद्धत गर्ने उल्लेख गर्नुहुँदै आगामी दिनमा पनि यस्ता खेलकुदको आयोजना गर्न क्लबलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका सहयोग गर्न तयार छ ।”

क्लबका अध्यक्ष राजु महर्जनले नेपालमा ब्याडमिन्टन खेलको विकासका लागि आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । आजदेखि सुरु भएको प्रतियोगिता आगामी साउन २८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।