0 COMMENTS

चितवन २१ साउन०७४/ स्थानीय तह निर्वाचनअन्तर्गत् चितवनको भरतपुर महानगरपालिकामा भएको निर्वाचनको मतगणना रोचक बन्दै गएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर–२० को मतगणना अहिले जारी छ ।मतगणनामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीचको मतअन्तर कम हुँदै गएको छ । दुई उम्मेदवारबीच अहिले जम्मा १७० मतकोमात्र अन्तर छ ।

२० नम्बर वडामा खसेको कुल ३ हजार ३०२ मतमध्ये ४०२ मतगणना हुँदा मतअन्तर कम हुँदै गएको हो । अहिलेसम्म प्रमुखमा एमाले उम्मेदवार ज्ञवालीले ४२ हजार ६९ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ८९९ मत प्राप्त गरेर ज्ञवालीलाई पछ्याइरहेकी छन् ।यसअघि, भरतपुर महानगर वडा नम्बर–१९ को मतगणना सकिँदासम्म एमालेका प्रमुखका उम्मेदवार ज्ञवालीले २२१ मतले अग्रता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।