0 COMMENTS

 चितवन, २१ साउन०७४/ भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । मतगणना सकिँदा नेकपा ९माओवादी केन्द्रकी प्रमुखका उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर घटाउनु भएको छ । सो वडाको मत गन्नुअघि एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७८४ मतले अगाडि रहनुभएको थियो । वडा नं– १९ को मतगणना सकिँदै गर्दा दाहाल र ज्ञवालीको मतान्तर २२१ मा झरेको छ । 

वडा नं– १९ मा दुई हजार ८७० मत खसेको थियो । जसमा दाहालले एक हजार ५२९ मत र ज्ञवालीले ९६६ मत प्राप्त गर्नुभएको छ । सो वडामा राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले पाँच मत पाउनुभएको छ । 

पछिल्लो मत परिणामअनुसार ज्ञवालीले ४१ हजार ९४६ मत प्राप्त गरी अग्रता कायम राखेको छ भने उनलाई नेपाली काँग्रेसका समर्थनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७२५ मतका साथ पछयाइरहेकी छिन् । 

सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेकाअनुसार राप्रपाको प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ६२८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उप प्रमुखमा नेपाली काँगे्रसकी पार्वती शाहले ४५ हजार ६२३, नेकपा एमालेकी दिब्य शर्मा आचार्यको ३८ हजार ६०४ र राप्रपाकी रिना गुरुङले सात हजार ६ मत प्राप्त गरेकी छिन् । भरतपुर महानगरपालिका वडा नं। १९ मा वडा अध्यक्षसहित सबै पदमा नेपाली काँग्रेसले बिजयी भएका छन् । 

काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङले एक हजार ४७८ मतका साथ विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश तामाङले एक हजार ९७ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै वडा अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका खड्कबहादुर गुरुङ्ले ६६ मत र राप्रपाका प्रजापति सापकोटाले २७ मत प्राप्त गर्नुभएको छ । 

जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सो वडामा शुक्रवार पुनः मतदान भएको थियो । अब वडा नं– २० को मतगणना हुन मात्र बाँकी छ । सो वडामा तीन हजार ३०२ मत खसेको छ । महानगरको कुल मतदाता संख्या एक लाख ५० हजार २७४ छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।