0 COMMENTS

चितवन २१, साउन०७४/ भरतपुर महानगरपालिका वडा नं.१९ को मत गणना जारी छ ।हालसम्म प्राप्त परिणाम अनुसार मेयरमा एमालेका देवी ज्ञवाली ४१ हजार ६४१ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार २ सय ५२ मत प्राप्त गरेकी छन् ।

रेणुले मतान्तर घटाउँदै ४ सय १७ पुर्‍याएकी हुन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेसकी पार्वती शाहीले अग्रता लिइरहकी छन् ।उनले ४५ हजार १ सय ४० मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले ३८ हजार ३ सय ३८ मत प्राप्त गरेकी छन् ।यता वडा नम्बर १९ मा पनि काँग्रेसले अग्रता लिइरहेको छ । २ हजार ७ मत गणना हुँदा काँग्रेसले १ हजार १६ मत र एमालेले ७ सय ७९ मत प्राप्त गरेको छ ।

वडा नम्बर १९ मा कुल ३ हजार ७ सय ९७ मत रहेकोमा २८७० अर्थात ७५ दशमलव ५८ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यसअघि यस वडामा २ हजार ८ सय ९७ मत खसेको थियो ।गत जेठ १४ गते मध्यरातमा भरतपुर १९ को मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मत पत्र च्यातेपछि विवाद सुरु भएको थियो ।

निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको भोलीपल्टै एमालेका प्रतिनिधिले सर्वोच्चमा रिट दायर गरेपछि भरतपुर प्रकरण लम्बिएको थियो ।राजनीतिक दलहरुबीच सहमति जुटाएर मत गणना अघि बढाइने छ । ३२ वटा वडा मध्ये २० नम्बर वडाको पनि मत गणना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।