हिँडिरहेछ निरन्तर कहाँ पुग्ने सुरसार छ ।
यो जिन्दगि कागजको डुङ्गामा सवार छ ।
आज आफू मर्नुछ र ?यो देश बचाउनु छ
पर्ख समय तलाई भन्दा मलाई हतार छ ।
हरेक घडी मनमा आउँछ मन रेटेर जान्छ
तिम्रो यादमा कुन खुकुरीको कस्तो धार छ ।
एक घाईते चरा छट्पटाउदै सोचिरहेछ
यो जिन्दगि आजादी भन्नु पनि बेकार छ ।
घाउमाथी नुनचुक छरेपछि प्यारीले भनिन
असीम तिम्रो भन्दा मेरो मन कति उदार छ ।
प्रतिक्रिया दिनुहोस्