0 COMMENTS

रमिला बस्नेत,उदयपुर,साउन २०/चाैँदण्डीगढि नगरपालिकाका ईसाइ समाज अध्यक्ष जितमान राई तथा ईसाइ धर्मावलम्बीहरुदवारा निर्वाचित प्रतिनिधिहरुलाई अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मेयर खगेन्द्र राई,उपमेयर रिता कु,चाैँधरि साथै १० वडाका वडाध्यक्षहरु क्रमशः राेहित तामाङ ,सन्ताेष सुवेदी ,पर्शुराम राई,चरण राई,देबनारायण चाैँधरि,कमल ध्वज राई,तेजराज तिम्सिना ,श्याम मगर,प्रकास राउत राम कु खड्का सम्मानित भएका हुन्।

त्यसैगरी वडासदस्यहरु ,बिमला राई,जानुका कुँवर ,प्रमिला दनुवार ,मदन कुमारी कार्की ,देबि कार्की ,अमृता नेपाली ,सुर्य प्र .शाह,र हरिमान कट्वाल पनि सम्मानित भएका थिए।कार्यक्रममा N.C.F.का पुर्वाञ्चल अध्यक्ष बिकास राईले स्वागत मन्तब्य र ज्ञापनपत्र पढ्ने काम अर्जुन राईले गरेका हुन। उक्त कार्यक्रममा बाेल्दै राम कु ,राई तथा ईश्वरवादिहरुले पबित्र शास्त्र बाईबललाई साक्षी राख्दै राज्यलाई कर तिर्ने कुरा बताउछन।विभिन्न पार्टीको अास्थावादि भएकाले अाफुले भाेट दीएका वा नदीएका प्रतिनिधिहरु अब पार्टीका हाेइनन,जन्ताका हुन ।त्यसैले मिलिजुली सहकार्य गर्दै जानेकुरामा सम्पुर्ण ईसाइहरुकाे सामुहिक बिचार भएकाे राम कु राईले बताएका छन् ।

ईसाइ अर्को ग्रहबाट अाएका हाेइनन,हामी नेपाली हाैँ। नेपाल धर्मनिरपेक्ष राज्य भएकोले अाफ्नाे धर्ममा स्वतन्त्र हुन पाउ भन्दै पास्टर हेदम राईले सम्पुर्णमा अनुरोध गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि मेयर राईले सम्पुर्ण धर्मलाई एकरूपता दीएर नमुना बनाउने ,र ईसाइ धर्मावलम्बीहरुसँगपनि हातेमालो गरि नगर बिकासतर्फ लम्कने प्रतिबद्दता जनाएका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।