0 COMMENTS

कल्पना बोहरा साउन १९, अछाम/अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयको एक टोलिले अछाम जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरेको छ । टोलिले वुधवार साँफेवगर नगरपालिका वडा नं ९ साविकको वुढिाकोट गाविसको वुढिाकोट माविमा निर्माण भैरहेको विज्ञान विषयको भवन, विधुत पोल खरिद र जिल्ला शिक्षा कार्यालयवाट वितरण हुने दलित तथा पिछडियका वालवालिकाहरुलाई वितरण गर्ने छात्रवृति रकमका सम्वन्धमा उजुरी परेपछी अख्तीयारको टोलिले स्थलगत अनुगमन गरेको वताईएको छ ।

अनुगमनका क्रममा विज्ञान भवन निर्माणका लागी ३२ लाख रकम विनियोजन भएकोमा हाल सम्म २२ लाख रकम खर्च भैसकेको भएपनी काम सन्तोषजनक नभएको पाईएको अख्तीयार दुरुपयोग अुसन्धान आयोग क्षेत्रिय कार्यालय दिपाएलका डियस्पी तथा अनुगमन टोलिका प्रमुख टंकप्रसाद भट्राईले वताएका छन । यस्तै उक्त वडामा विस्तार हुने विद्युत लाईनका लागी ४० ओटा विद्युत पोल खरिद नगरेको विषयमा परेको उजुरी अनुसार छनविन गर्दा चुनावका कारण रकम निकास ढिलो भएकोले समयमै खरिद गर्न नसकिएका र अव १५ दिन भित्र खरिद गरी सम्वन्धीत स्थानमा पुर्याई सक्ने उपभोक्त समितिका अध्यक्ष अर्जुन कुवरले प्रतिवद्धता जनाएका पनी डियस्पी भट्राईले वताए ।

यस्तै टोलिले विहिवार मंगलसेन नगरपालिकाको कार्यालय भवन, अछाम दरवारको पनी निरिक्षण गरेको छ । निरिक्षण्को क्रममा ठेक्का भएको लामो समय सम्म पनी निर्माण पुरा नभएकाले नगरपालिका भवन र अछाम दरवारलाई चाँडो निर्माण गर्न निर्देशन दिएको छ । यसैगरी अनुगमन टोलिले अछाम वहुमुखी क्याम्पसमा निर्माण भैरहेको ८ कोठे भवनको पनी अनुगमन गरेको छ । अनुगमनका क्रममा सम्झौता भएको छोटो समयमै निर्माण कार्य करिव ९५ प्रतिसत सम्पन्न भएकाले अछाम जिल्लामा निर्माण भैरहेका सम्पुर्ण योजना मध्य यो भवन अति सन्तोषजनक रहेको अनुगमन टोलीले वताएको छ ।

मंगलसेन नगरपालिकाको ५९ लाख रकम अनुदानमा भवन निर्माण कार्य सुरु भएको हो । गत पौस ११ गते वसेको क्याम्पस संचालक समितिको वैठकले सोही दिन देवराज जैसीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको र गत माघवाट निर्माण कार्य सुरु गरिएको अछाम वहुमुखी क्याम्पसका प्रमुख छत्र विष्टले वताए । निर्माण भैरहेको भवनमा निर्माण सामाग्री पनी राम्रै प्रयोग भएको वताईएको छ । अव भवनको ढोका लाउने, रंगरोगन गर्ने र पिनिसिंगको काम मात्र वाँकी रहेको र अवको १ महिना भित्रै निर्माण कार्य सम्पन्न हुने वताईएको छ ।

अनुगमनमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका डियस्पी टंकप्रसाद भट्राई, सहरी विकास डिभिजन कार्यालयका सव ईन्जिनियर श्याम वहादुर नेगी, शाखा अधिकृत अम्मर राज जोसी, लेखा अधिकृत दान वहादुर ऐरी, अछामका स्थानीय विकास अधिकारी तोयनारायण सुवेदी, मंगलसेन नगरपालिकाका प्रमुख पदम वोहरा, उपप्रमुख सरिता उपाध्याय, कार्यकारी अधिकृत गणेश प्रसाद ढुंगाना लगायत सहभागी हुनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।