0 COMMENTS

कल्पना बोहरा ,साउन १९, अछाम/अछाम जिल्ला समन्वय समितिका नव निर्वाचित पदाधिकारीले आज सपथ ग्रहण गरेका छन । यही साउन १७ गते निर्विरोध निर्वाचित भएका जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई आज मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस हरिप्रसाद शर्मा उपाध्याय पंगेनिले सपथ गराउनु भएको हो । विजयी पदाधिकारीहरुलाई आजै प्रमाणपत्र समेत वितरण गरिएको छ ।

यही साउन १७ गते नेपाली काँग्रस र माओवादी केन्द्रको गठवन्धन वाट नेपाली काँग्रसका नर वहादुर कुँवर संयोजक, स्वतन्त्र उम्मेदार टोप वहादुर रावल उपसंयोजक लगायत ९ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएका थिए । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस हरिप्रसाद शर्मा उपाध्याय पंगेनिको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी संकर विष्ट प्रमुख अथिती रहनु भएको थियो भने स्थानीय विकास अधिकारी तोयनारायण सुवेदी विशिष्ठ अथिती रहनु भएको थियो ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई दिँदै प्रमुख अथिती तथा प्रमुख जिल्ला अधिकारी संकर विष्टले करिव २० वर्षसम्म जनप्रतिनिधि विहिन भएका कारण विकास निर्माणले गति लिन नसकिरहेकाले अव जिल्लाको विकास निर्माणले गति लिने आफुले विश्वास लिएको वताउनु भयो । यस्तै कार्यक्रममा स्थानीय विकास अधिकारी तोयानारायण सुवेदी, नेपाली काँग्रेसका जिल्ला सभापती भरत कुमार स्वार, नेकपा एमालेका नेता तथा पुर्व जिविस सभापती कृष्ण प्रसाद भट्राई, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष वम वहादुर रावत, राप्रपाका नेता तेज वहादुर विष्ट लगायतले वधाई तथा सुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम वोहरा, साँफेवगर नगरपालिकाका प्रमुख कुल वहादुर कुँवर, चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क वहादुर साँउद, रामारोसन गाँउपालिकाका अध्यक्ष झंकर साँउद भाष्कर, तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्मा, विभिन्न नगरपालिकाका र गाँउपालिकाका उपप्रमुख तथा उपाध्यक्ष, अन्य जनप्रतिनिधि र संचारकर्मि लगायतको उपस्थिती रहेको थियो । यस्तै जिल्ला समन्वय समितिका नवनिर्वाचत पदाधिकारीहरुले आजै पदभार ग्रहण गरेका छन । यसै गरी जिल्ला समन्वय समितिले आजै जिल्ला समन्वय समितिका नवनिर्वाचत पदाधिकारीहरुलाई वधाई तथा शुभकामना कार्यक्रम पनी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।