0 COMMENTS

गोरखा, १९ साउन०७४/ पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई आज पक्राउ गरेको छ ।

घरको कोठामा बालिकालाई फकाइफुलाई गरी बुधबार करणी गर्ने प्रयास गरेको पीडित बालिकाकी आमाको जाहेरीका आधारमा भण्डारीलाई पक्राउ गरी आज जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यसैबीच प्रहरीले शहीद लखन गाउँपालिका–७ का प्रमोदकुमार श्रेष्ठका घरबाट रु ७५ हजार चोरी गर्न संलग्न रहेको आरोपमा सोही गाउँका २५ वर्षीय अरुण भण्डारी र १८ वर्षीय रवीन गुरुङलाई आज पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।