0 COMMENTS

चितवन १९ साउन०७४/ नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताएका छन् ।

प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले अहिले पनि ज्ञवालीलाई जिताउने विश्वास व्यक्त गरे। भरतपुर–१९ मा भोलि पुनः मतदान हुँदैछ ।

फरक प्रसंगमा उहाँले निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा प्रतिवेदन बुझाएर एकैपटक दुई तहको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गरे ।उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा (एमाले) पहिलो बन्ने दाबी गर्दै उहाँले तराईका अन्य जिल्लाका जनताले यसलाई पुष्टि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।