0 COMMENTS

दाङ  १९ साउन ०७४/ बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी थिइन् ।

पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताए ।पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिएकी छन । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले घटनामा संलग्न देखिएका व्यक्ति दोषी ठहरिएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।