0 COMMENTS

रमिला बस्नेत,उदयपुर,साउन १८/उदयपरकाे चाैँदण्डी नगरपालिका बेल्टारमा चुनाव सम्पन्न भइ प्रतिनिधि चयनहुनासाथै सकरात्मक परिवर्तन भईरहेकाे छ।

बेल्टारमा भर्खरै शव चिरफार पनि सञ्चालनमा ल्याईएकाे हाे।प्राथमिक स्वास्थ्य सञ्चालक समितिका अध्यक्ष भुवनमान श्रेष्ठले बेल्टार बिकासकाे लागि निस्वार्थ भावले लागि परेकाे स्थानीय बताउँछन् ।श्रेष्ठले अाफ्नै खल्ती रित्याएर पनि गरिब निमुखाहरुकाे उद्दार गर्ने गरेको श्रोत दाबी गर्दछ।मिति २०७४/०४/१७ गते स्वास्थ्य सेवा बिभाग मार्फत रु,पन्ध्र लाख बराबरकाे स्वास्थ्य सामग्री ,अाैँषधि र विभिन्न फर्निचर नेपाल सरकार बाट उपलब्ध भएकाे हाे।

उक्त सेवाका लागि बेल्टार प्राथमिक स्वास्थ्य प्रमुख सन्तोष राई,प्राथमिक स्वास्थ्य सञ्चालक अध्यक्ष भुवनमान श्रेष्ठ र मेयर खगेन्द्र राईकाे सहकार्य रहेको छ।बेल्टार प्राथमिक स्वास्थ्य केन्द्रमा निस्चित समयकालागि उच्च रक्तचाप ,र मधुमेह लगायतका अाैँषधिहरु निशुल्क उपलब्ध गराउने स्वास्थ्य निरिक्षक श्याम नारायण पण्डितले जानकारि दिएका हुन ।साथै स्तरिय एक्सरे सेवा ,बिस्वसनिय ई,सि जि,सेवा र ल्याब टेस्ट जस्ता सेवामा पनि बिपन्न बर्ग,अशाहायहरुलाई विशेष प्राथमिक दिने कुरा अध्यक्ष श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।