0 COMMENTS

राम सिह धामी, दार्चुला साउन १८/दार्चुला सदरमुकामको बांगाबगड पारीपट्टी भारतको खोतिलमा आएको पहिरोले महाकालीको वहाव नेपालतिर फर्काउँदा सदरमुकाम जोखिममा परेको भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी बाशुप्रशाद कोइराला पिथौरागढ पुगेका छन् ।

भारततिरको पहिरोले महाकालीको बहाव नेपालतिर फर्काउँदा नेपालतिरको तटबन्ध समेत क्षतिग्रस्त हुन थालेको र त्यसले सदरमुकाममा सम्भवित खतरा उत्पन्न भएकोले आफूले अनौपचारिक रुपमा भारतीय प्रशासनसमक्ष कुरा राख्ने काम गरेको प्रजिअ बाशुप्रशाद कोइरालाले जानकारी दिनुभएको छ ।

पिथौरागढ जिल्लाका समकक्षी डिस्ट्रिक मेजिस्ट्रेट (डिएम्) सि. रबि शंकरसँग अनौपचारिक भेटवार्ता गरेका प्रजिअ कोइरालाले आफूले खोतिल क्षेत्रको पहिरो हटाउन भारतीय प्रशासनलाई अनुरोध गरेको बताउनु भयो । त्यसैगरी निकट भविष्यमै बन्ने भनेको महकाली नदीमाथिको मोटरेवल पुल निर्माण गर्न पनि तदारुकता देखाउन पिथौरागढका डिएम्लाई अनुरोध गरेको उहाँले बताउनु भयो । ‘नदीमाथि बन्ने पुल निर्माण गर्न तत्काल टेण्डर आह्वान गर्न भनेको छुँ । दुबै विषयमा भारतीय प्रशासन सकारात्मक देखिएको प्रजिअ कोइरालाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।