0 COMMENTS

जनकपुरधाम १८ साउन०७४/ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि मुलुकभर अभियान चलाउने घोषणा गरेका छन् । 

जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. लोहनीले जनभावना विपरीत धर्मनिरपेक्षताको निर्णय गरिएको दाबी गर्दै निर्णय सच्याउन देशभर दवाव सिर्जना गर्ने बताए । तर कहिलेदेखि अभियान सुरु हुन्छ भनेर उनले खुलाएनन् ।

विश्वकै एकमात्र हिन्दु राष्ट्र नेपाललाई संविधानबाट हटाउन जनताले कहिलै जनादेश नदिएको भन्दै उनले हिन्दु राष्ट्रका लागि साथ दिन सबैलाई आग्रहसमेत गरे ।

मुलुकमा अहिलेपनि राजसंस्था आवश्यक रहेको बताउँदै उनले भने, ‘नेपालको एकताको लागि राजसंस्थाको आवश्यकता छ । राजसंस्था बिना राष्ट्रिय एकताको कल्पना समेत गर्न सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।