0 COMMENTS

राम सिह धामी दार्चुला साउन १७/दार्चुलामा मौलाएको मदिरा कारोबार अन्ततः व्यवस्थापन गर्न समस्याको विषय बनिरहको छ । उद्योग वाणिज्य संघले महाकाली नगरपालिकामा मदिरा व्यवस्थापन गर्न गरेको निर्णयलाई हेरफेर गर्न माग गर्दै आज महाकाली नगरपालिका, जिल्ला प्रशासन कार्यालय, र कोष तथा लेखा नियन्त्रण कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा २ सय भन्दा बढी मदिरा व्यावसायीहरुको दैनिकी र जीविकोपार्जन समेत प्रभावित हुने गरी मदिरा विक्री वितरणको समयावधि निर्धारण गरिएको उल्लेख गरेका छन । साथै नगरपालिकालाई पुर्ववत निर्णयमा पुनरावलोकन गरी बिहान १० देखि राती १० बजेसम्म कायम गर्न पनि माग गरीएको छ । आफुहरुका मागहरु सम्बोधन नभएमा कडा संघर्ष गर्ने चेतावनी समेत दिइएको छ ।

महाकाली नगरपालिकाको नगरसभा बैठकले महाकाली नगरपालिका भरी नै मदिरा व्यवस्थित गर्न दिउँसो २ बजे देखि राती ९ बजेसम्म मात्रै मदिरा कारोबार गर्न दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।