0 COMMENTS

कल्पना बाेहरा अछाम १७ साउन/अछामकाे बयालपाटा अस्पताललले चौरपाटीमा आफ्नो सेवा बिस्तार गरेको छ । पोसिबल हेल्थ नामक संस्था मार्फत बयालपाटा अस्पताल सञ्चालन गरि बिगत लामो समय देखी अछाममा स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेकोमा अव चौरपाटीवाट पनि सेवा बिस्तार गरिएको हो ।

चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमै रहने गरि बयालपाटा अस्पतालको सामुदायिक स्वास्थ्य सेवा सुभारम्भ गरिएको अस्पतालका प्रतिनिधी लाल बहादुर कुवरले जाँनकारी गराएका छन । कुवरले चौरपाटी वाट बयालपाटा अस्पतालले प्रदान गर्ने सेवा सुविधाका बारेमा पनि जाँनकारी गराएका थिए । कार्यक्रममा चौरपाटी गाँउपालिका अध्यक्ष हर्क बहादुर साउदले दुर दराजका जनताले सामान्य बिरामी हुदा पनि टाढा जानुपर्ने बाध्यता रहेकोमा अव गाँउपालिकामै सहज रुपमा सामाजिक स्वास्थय कार्यक्रम मार्फत स्वास्थ्य सेवा पाँउने भन्दै खुसी ब्याक्त गर्नुभयो । आफ्नो तर्फवाट बयालपाटा अस्पताललाई गर्नुपर्ने सहयोग पूर्ण रुपमा गर्ने समेत उहाँले प्रतिबद्धता जनाँउनुभयो । औपचारीक सेवा सुभारम्भ कार्यक्रममा अस्पतालका प्रतिनिधी तारामान बोहरा, समाजसेवी जयबहादुर साउद लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।