0 COMMENTS

काठमाडौँ, १७ साउन०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राट्रिय जगतमा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

उहाँले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का साथै सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको भौतिक पूर्वाधारको निरीक्षण गर्दै खेलाडीलाई प्रतिस्पर्धी बनाउनका लागि के गर्न सकिन्छ र तालिममा के कस्ता समस्या छ भन्ने पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा मन्त्री केसीले राष्ट्रिय टोलीको तयारीका बारेमा सम्बन्धित खेलका प्रशिक्षकसँग कुराकानीसमेत गर्नुभयो । उहाँले कराँते, एथ्लेटिक्स, तेक्वान्दो, बक्सिङलगायत खेलका राष्ट्रिय टोलीको पनि निरीक्षण गर्नुभयो । त्यसक्रममा राखेप सदस्य सचिव विष्टले विभिन्न खेल संघका पदाधिकारीका साथै प्रशिक्षकका बारेमा जानकारी दिनुभएको थियो । मन्त्री केसीसँग मन्त्रालयका सचिव महेशप्रसाद दाहाल पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।