0 COMMENTS
pravinraj
प्रवीण अधिकारी

 विश्वव्यापी सनातन हिन्दू धर्म
हिन्दू धर्मको प्रारंभिक चरण र विकास क्रम खोज्न हिमयुगतिर पुग्नुपर्छ | ग्रन्थहरु अनुसार हिमयुगको समाप्ति भएपछि प्रकृतिमा देखिन पुगेको परिवर्तनले देव, दैत्य, दानव, राक्षस, यक्ष, गंधर्व, भल्ल, वसु, अप्सरा, रुद्र, मरुदगण, किन्नर, नाग आदिलाई क्रमशः लोप गरायो | प्रारंभमा ब्रह्माले आफ्ना सन्तानहरु मार्फत विज्ञान, धर्म, संस्कृति र सभ्यताहरु विस्तार गराएका थिए | त्यतिखेर भगवान शिव र विष्णु यस प्राकृतिक सत्ता, धर्म र इतिहासको केंद्र मानिन्थे पछि यो पृथ्वी डुवानमा परेपछि ययाति र वैवस्वत मनुको समय सुरु हुन पुग्यो र यस संसारभरीका प्राचीन सभ्यतासंग सनातन हिन्दु धर्म झाङ्गिदै गयो | यस पृथ्वीमा मान्छेलाई सभ्य बनाउने वैदिक हिन्दूधर्मको विभिन्न विषय वस्तुहरु आत्मसात गर्ने त्यसका सारभूत तथ्य र कर्म काण्डिय बिधि जान्ने ज्ञानी जनको कमी हुँदै गएपछि विभिन्न क्षेत्रमा विभिन्न धार्मिक विचारधाराको नयाँनयाँ स्वरुप स्थापना हुन् पुग्यो | जुनकुरो आजको दिनमा संसारभरी छरिएका यहूदी, यजीदी, रोमा, पारसी, बुद्ध ,ईसाई-इस्लाम धर्मलाई हेर्दा आत्मसात गर्न सकिन्छ |jaya handu
संसारको प्रमुख सभ्यतामा सनातन हिन्दू धर्मको प्रभाव
===================================
आजको विश्वको पुरानो मंदिर, भवन , नगरहरु हेर्दा हिन्दू धर्मले तत्कालिन विश्वमा आफ्नो जरो यूरोप र एशिया सहित सबै महादेशमा फैलाएको देखिन्छ | सिन्धु सरस्वती उपत्यकाको हड़प्पा एवं मोहनजोदोड़ो सभ्यता (५००० -३५०० ईसा पूर्व) , चन्हूदड़ों, लोथल, रोपड़, कालीबंगा (राजस्थान), सूरकोटदा, आलमगीरपुर (मेरठ), बणावली (हरियाणा), धौलावीरा (गुजरात), अलीमुराद (सिंध प्रांत), कच्छ (गुजरात), रंगपुर (गुजरात), मकरान तट (बलूचिस्तान), गुमला (अफगान-पाक सीमा) आदि ठाउँको उत्खनन हेर्दा थाहा पाइन्छ | हड़प्पा तथा मोहनजोदड़ोमा पाइएको असंख्य देविदेउताको मूर्ति त्यसैको साक्ष्य हो | इंडोनेशियाको इंडोनेशियन इस्लामिक यूनिवर्सिटी हिन्दू मंदिरको अवशेष हो | त्यहाँ पाइएको ऐतिहासिक शिवलिंग , बाली द्वीप,गोवा गजह गुफा र एलीफेंटा गुफा प्रमाण हो | अंगद्वीप, मलय द्वीप, वराह द्वीप, शंख द्वीप, कुश द्वीप, यव द्वीप र आंध्रालय हिन्दूहरुको साक्ष्य हो |
त्यस्तै प्राचिन सभ्यताहरुको कुरोगर्दा ईसादेखि २३०० -२१५० वर्ष पूर्व सुमेरिया, २००० -४०० वर्ष पूर्व बेबिलोनिया, २००० -२५० ईसा पूर्व ईरान, २००० -१५० ईसा पूर्व मिस्र (इजिप्ट), १४५० -५०० ईसा पूर्व असीरिया, १४५० -१५० ईसा पूर्व ग्रीस (यूनान), ८०० -५०० ईसा पूर्व रोमको सभ्यता थिए | ती भन्दा पहिला महाभारत युद्ध भएको थियो | त्यसको अर्थ के हो भने ३५०० ईसा पूर्व हाम्रो ठाउँमा पूर्ण विकसित सभ्यता थियो | हिन्दू संस्कृति र सभ्यता विश्वको प्राचीनतम संस्कृति हो तर यस पृथ्वीमा प्राचीन सभ्यताको कुरो गर्दा रोम, ग्रीस ,मिस्र देशको सभ्यताको नाम लिने गरिन्छ हिन्दू संस्कृति र सभ्यताको कुरो कसैले गर्दैन |
सुमेरिया २३०० -२१५० : सुमेर सभ्यता नै मेसोपोटामिया को सभ्यता हो | मेसोपोटामियाको अर्थ हो दुई नदी बिचको भूमि | दजला (टिगरिस) र फुरात (इयुफ़्रेट्स) नदि विचको क्षेत्र |यसमा इराक, उत्तर-पूर्वी सीरिया, दक्षिण-पूर्वी तुर्की तथा ईरानको कुजेस्तान प्रांत क्षेत्र शामिल थिए | यहीं नै सुमेर, अक्कदी, बेबिलोन तथा असीरिया की सभ्यताएं अस्तित्वमा रहेको थियो | अक्कादियन साम्राज्यको राजधानी बेबिलोन थियो , त्यसकारण यसलाई बेबिलोनियन सभ्यता पनि भनिन्छ | यहाँका तुर्क, कुर्द, यजीदी, आशूरी (असीरियाई), सबाईन, हित्ती, आदि सबै ययाति, भृगु, अत्रि वंशका मानिन्छन | सुमेरियाको सभ्यता र संस्कृतिको विकास फारसको खाड़ीको उत्तर स्थित दजला र फरात नदिको कछाडमा भएको थियो | त्यतिखेर सुमेरिया निवासी मूर्तिपूजक थिए | हिन्दू संस्कृतिमा आधारित यो सभ्यता ईसा पूर्व २००० बर्ष पहिलेनै समाप्त हुन पुग्यो | सुमेरियामा बस्नेको बर्ष १२ महिनाको थियो | मास गणना चन्द्रमाको गति अनुसार हुन्थ्यो | यसकारण हरेक तेश्रो बर्षमा एक महिना बढथ्यो जो हिन्दूहरुको अधिकमास जस्तै हो | ती अष्टमी र पूर्णिमा तिथि धुमधामले मान्दथे | प्रसिद्ध इतिहासकार लगडन अनुसार मोहनजोदड़ोको लिपिर छाप सुमेरी लिपिसंग एकदम मिल्दो जुल्दो थियो |त्यो ‘सुमेर’ शब्द हाम्रो पौराणिक पर्वत सुमेरुनै हो |
बेबिलोनिया (२००० -४०० ईसा पूर्व) : सुमेरी सभ्यता पतन भएपछि बेबिलोनियन सभ्यता उक्ल्यो |अक्कादियन साम्राज्यको राजधानी बेबिलोन थियो |त्यहाँको प्रसिद्ध सम्राट् हम्मुराबी (हाबुचन्द्र)ले प्राचीन कानून र दंड संहिता बनाएका थिए | यस सभ्यतामा मान्छेले हिन्दु् सरह पूजा विहान : वेलुकी गर्थे | अर्घ्य, तेल, धूप, चन्दन , दीप, नेवैद्य आदि लागेर गर्थे | यहाँका ईसा पूर्व १८ औं शताब्दीको कसाइट राजाहरुको नाम वैदिक देउताहरुको सूर्य, अग्नि, मरूत आदिको नाउँ राखेको पाइन्छ |
असीरिया (१४५० -५०० ईसा पूर्व) : हाम्रो असुर शब्दको अपभ्रंश शब्दबाट असीरिया वा अश्शूर उत्पत्ति भएको हो जो प्राचीन मेसोपोटामियाको एक साम्राज्य थियो | यो दजला नदीको माथिल्लो भागमा यो साम्राज्य स्थापित थियो | असीरिया निवासी सूर्यपूजक थिए र यहाँका राजा आफुलाई सूर्य वंशी मान्दथे | यीनीहरु अथर्ववेदका अनुयायी थिए त्यसकारण होम, यज्ञ, वशीकरण, भूतविद्या आदि त्यहाँ प्रचलित थियो | चरक संहितामा यो कुरो उल्लेखित छ |
ईरान (२००० -२५०० ईसा पूर्व) : ईरान प्राचीन पारस्य देश हो | संस्कृतको आर्याणबाट ईरान शब्द निक्ल्यो | पहिला यहांको मूलधर्म वैदिक धर्म थियो | जरथुस्त्रले वेदमा आधारित पारसी धर्मको शुरुआत गराए पछि ईरानमा वेदकालीन धर्म र संस्कृतिको गहिरो प्रभाव रहेकै थियो | यहाँको धर्म गुरु जरथुष्ट्र अंगिरा, बृहस्पति ऋषिका समकालीन र पौरुषहस्पका छोरा थिए | त्यतिखेर यता आर्यावर्तमा सुदास राजा थिए | तीनको ‘जेंदा अवेस्ता’ ऋग्वैदिक संस्कृत अवेस्ता भाषामा लेखिएको हो | ऋग्वेद र अवेस्तामा धेरै शब्द समान भेटिञ्छन | प्राचीन पारसीहरुको प्रार्थना, उपासना र कर्मकांड अग्नि, सूर्य, वायु आदि प्रकृति तत्वहरुको उपासना र अग्निहोत्र कर्मसंग सम्बन्धित रहेको थियो |
मिस्र (इजिप्ट- २००० -१५० ईसा पूर्व) : मिस्र प्राचीन देश हो | यहांको पिरामिडको प्रशिद्धि र प्राचीनता विश्व विख्यात मानिन्छ | प्राचीन मिस्र नील नदीको किनारमा थियो | यसको उत्तरमा भूमध्य सागर, उत्तर-पूर्व गाजा पट्टी र इसराइल, पूर्वमा लाल सागर, पश्चिममा लीबिया एवं दक्षिणमा सुडान पर्थ्यो | मिस्रमा सूर्यलाई सर्वश्रेष्ठ चिकित्सा पद्दतिको देउताको रूपमा मानिन्थ्यो | ” आरोग्यं भास्करादिच्छेत” मूल मन्त्र थियो | मिश्रको भाषामा हरी (सूर्य)- होरस, ईश्वरी- ईसिस, शिव- सेव, श्वेत- सेत, क्षत्रिय- खेत, शरद- सरदी आदि भनिन्छ |मिस्रका पुरोहितको वेशभूषा हाम्रा संग मिल्दो जुल्दो छ |
यूनान (ग्रीस- १४५० -१५० ) : यूनानी देवी , देवताको संबंध नक्षत्र संग ग्सिएको छ | ग्रीसको वैद्यकीय चिकित्सामा आयुर्वेदको प्रभाव प्रत्यक्षतः तथा परोक्षतःपरेको पाइन्छ | टाउकाको माथिल्लो भागलाई आयुर्वेदमा ” शिरोब्रह्म ” भनिन्छ त्यो कुरा ग्रीस र रोममा ‘सेरेब्रम’ हुन पुगेको छ |त्यस्तै मस्तिष्कको पच्छिल्लो भाग शिरोविलोम ‘सेरिबैलम’ र हृदय ‘हर्ट’ हुन पुगेको छ | हाम्रा अश्विनीकुमारहरु जस्तै याँहा ‘कैक्टस र पोलुपस’ ग्रीक युग्म घोडाको रुपमा चित्रित छन् |
रोम (८०० -५०० ईसा पछि ) : रोमन सभ्यता मिश्रित सभ्यता थियो | धार्मिक इतिहासकारहरुका अनुसार राजा विक्रमादित्य संग रोमका राजाको सम्बन्ध थियो |त्यसकारण खगोल विज्ञानको जानकार हुन पुगेको थ्यो | विक्रमादित्यले नै ‘ध्रुव स्तंभ’ ‘कुतुब मीनार’ बनेका थिए |त्यो ‘हिन्दू नक्षत्र निरीक्षण केंद्र’ हो |रोमन धर्म प्राचीन रोम नगर र इटली देशको मुख्य धर्म थियो | यो मूर्तिपूजक र बहुदेवतावादी धर्म थियो | हिन्दू धर्म संग यो धर्म प्रसस्त मिल्थ्यो | यूपीतेर (श्री इन्द्र), बाक्खस (श्री रुद्र), आपोल्लो (सूर्य), कुपीदो (प्रेम), मार्स (श्री कार्तिकेय), मेर्कूरियस (बुध), प्लूतो (यम), सातूर्न (शनि), वुल्कान (ज्वालामुखी अग्नि), नेप्तून (श्री वरुण), मिथ्रास (मित्र), इत्यादि। रोमन सम्राट पनि देउता सरह पुजिन्थे |यूनो (महादेवी), मीनेर्वः (सरस्वती), केरेस र फ़्लोरा (माटो र प्रकृति की देवी ), फ़ोर्तूनः (लक्षमी), द्याना (शिकारकी देवी), वेनस (पार्वती), इत्यादि| इनले देवी देउताको पूजा पशुबली सहित गर्ने गर्दथे |
माया सभ्यता (२५० ईस्वी ९०० ईस्वी) : अमेरिकाको प्राचीन माया सभ्यता ग्वाटेमाला, मैक्सिको, होंडुरास तथा यूकाटन प्रायद्वीपमा स्थापित थियो | यस सभ्यतामा खगोल शास्त्र, गणित र कालचक्रले धेरै महत्व पाएको थियो | म्याक्सिको यस सभ्यताको गढ़ मानिन्थ्यो | आजको ‘मेक्सिको ‘ शब्द संस्कृतको ‘मक्षिका’ शब्दबाट बनेको हो | मैक्सिकोमा धेरै प्रमाणहरु अझै देख्न पाइन्छ | जीसस क्राइस्ट्स भन्दा पहिले त्यहाँ हिन्दू धर्म प्रचलित थियो |
चिली, पेरू र बोलीविया अमेरिकन महाद्वीपमा पर्दछ | बोलीविया (वर्तमान पेरू र चिली) मा हिन्दुहरु बस्थे | यहांको प्राचीन मंदिरहरुको द्वारमा विरोचन, सूर्य द्वार, चन्द्र द्वार, नाग आदि हिन्दू धर्मसंग सम्बन्धित चित्र अंकित देखिन्थे | संयुक्त राज्य अमेरिकाको आधिकारिक सेनाको नेटिव अमेरिकन ४५ मिलिट्री इन्फैंट्री डिवीजन को चिह्न पहेंलो रंगको स्वस्तिक थियो पछि त्यसलाई हटाएर गरूड़ चिह्न राखिएको छ |
वेटिकन शहर वाटिकाको अपभ्रंश स्वरुप हो | वैदिक कालमा यो ठाउँ हिन्दू धर्मको ठूलो केंद्र थियो |पुरातात्विक उत्खनन गर्दा पाइएको शिवलिंग त्यसैको प्रमाण हो |रोमको ग्रेगोरियन इट्रस्केन संग्रहालय (Gregorian Etruscan Museum) आजपनि हिन्दुहुनुको प्रमाणको साक्षी छ | कुनैपनि धर्मको उद्भव सनातन धर्म अर्थात हिन्दू धर्म हो भन्ने कुरो सबैले बुझ्ने पर्छ | रोमको वेटिकन शहरको वेटिकन शब्दको उत्पत्ति संस्कृतको ‘वाटिका’ शब्दबाट भएको हो | ईसाई धर्मको ‘क्रिश्चैनिटी’ सनातन धर्मको ‘कृष्णनीति’ पछ्याउँदा आएको हो र अब्राहमलाई ‘ब्रह्मा’ बाट रुपान्तरित गरिएको हो | इस्लाम र ईसाई, दुवै धर्म वैदिक मान्यतालाई विकृत बनाईं जन्मिएका हुन | सांस्कृतिक दिग्विजय गर्दै हाम्रा ऋषिमुनि विश्वभर पुगे त्यसैको साक्ष्य हो हाम्रो हिन्दू संस्कृति र सभ्यताको चिन्ह विश्वको लगभग सबै देशमा हुनु |
ऐतिहासिक सत्यको रुपमा हिन्दू धर्मको विस्तार ईरान ,बर्मा ,कम्बोडिया ,वियतनाम ,,मलेशिया ,इण्डोनेशिया, फिलीपींस , अफगानिस्तान ,भूटान , तिब्बत ,श्रीलंका , म्यांमार (बर्मा) , पाकिस्तान , बांग्लादेश सबैतिर छ भंनेकुरो याँहा चर्चागरिरहनु नपर्ला | -प्रवीण अधिकारी 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।