0 COMMENTS
kamal raj
कमलराज श्रेष्ठ

आज विश्वमा मानिसलाई स्वस्थ एवं दीर्घजीबी राख्न विविध प्रकारका पद्द्ती तथा औषधिहरु आविष्कार भैसकेकाछ्न, भैरहेकाछन।मानिसलाई आनन्द प्रदान गर्न धेरै प्रकारका भौतिक सुविधाजन्य वस्तुहरुको पनि पर्याप्त उपलब्ध छ। यद्यपि संसारमा दिन दुई गुणा रात चौगुणा नयाँ नयाँ प्रकारका रोगहरु देखा परिरहेको छ। फलस्वरुप मानिसहरु झन झन रोगले आक्रान्त बनिरहेकोछ।मानीसले जतिनै बिलासीता तथा सुबिधाहरुको उपयोग गरेतापनी अधिकाँश मानिसहरुलाई चार घण्टा राम्रोसंग निदाउन नसाजन्य पदार्थ (alcohol,sleeping tablet) को सहारा लिनुपर्ने वाद्यात्मक परिस्थिती छ।यति मात्र होइन आज संसारमा अधिकतम मानिसहरु विभिन्न प्रकारका मानसिक रोगहरुले पनि आक्रान्त बनिरहेकोछ।
जसको कारण तनाव(stress), आत्माहत्या, सामाजीक अपराध जस्ता विकृतिले पनि विकराल रुप लिइरहेको हामी सबैलाई विदितै छ। यी यावत समस्याहरुबाट मुक्ती पाउन विश्वमा बिकसित राष्ट्रहरुका वैज्ञानिक,चिकित्सक, अन्वेशकहरु अहोरात्र खटिरहेकाछन तर समस्याले टसमस गरेको पाइदैन। सायद यहि कारणले हुन सक्छ कि वर्तमानमा संसारका मानिसहरु योगा,ध्यान,meditation भनी दौडधूप गरिरहेछन।जुन योगा, ध्यान meditation जे भने तापनि वैदिक सनातन परम्पराका भगवान शिव भोलेनाथ प्रदत्त योग विद्या जसलाई महर्षी पतन्जलिले स्थापित गर्नुभयो, पछि सदगुरु गोरखनाथ बाबाले परिष्कृत गर्नुभयो। हो, त्यही योग विध्याको परिधिभित्र नै बिकशीत भएको योगा आज पश्चिमा संसारमा सत्य सावित भएकोछ। तर दुर्भाग्य, हामी भने पश्चिमाद्वारा प्रतिपादित शुत्रमा आधरित रसायन औषधि माथी मात्र विश्वास गरेर हाम्रा भविष्यलाई अन्धकारतिर धकेलिरहेछौ(औषधि प्रयोग गर्नै नहुने भन्ने अर्थमा चाहिँ होइन)।

Yoga-ke-liye-Kabj-ko-Door-kaise-Karen“योगविद्या अर्थात योगा”हिमालय क्षेत्र(हिमवतखण्ड)मा बसोबास गर्नेहरुका पुर्वजद्वारा प्रतिपादित गरिएको हाम्रा पुर्वजको धरोहर हो।किनभने वैदिक सनातन मान्यतानुसार भारतवर्षको हिमवतखण्ड भन्नाले हाम्रो नेपाल लगायत तिब्बतियन खण्डको हिमाली भाग नै हो।त्यसैले त आरध्यदेव पशुपतिनाथ,भगवान शिवको शिरोभाग डोलेश्वर पनि हाम्रै नेपालमा बिराजमान छ। “योगविद्या” समस्त मानवहितको लागि उनै भगवान शिवले माता पार्वतीलाई दिनुभएको थियो।कालन्तरमा त्यही योगविद्यालाई पाणिनी शिष्य महर्षी पतन्जलिले योगशुत्रको रुपमा व्यवस्थित गर्नुभएको थियो।

स्मरण होस कि विश्वको प्रथम व्याकरणाचार्य पाणिनिको जन्म पनि वर्तमान नेपालको अर्घाखाँची जिल्लामा भएको भन्ने पाइन्छ।त आज हामी यश क्षेत्र(हिमवतखण्ड)का मानवहरु, कस्तुरिमृग जस्तै आफ्नो नाभिमा भएको सुगन्धलाई पत्तो नपाएर चारैतिर दौडे झै रोग निवारण गर्न, विविध पद्दतिको खोजी गर्दै भौतारी रहेछौ। वर्तमानमा योगा(योगसुत्र) संबन्धमा सिमित मात्रमा भए पनि बाबा रामदेव कै कारण चासो बढेको चाहिँ सकारात्मक नै मान्नु पर्दछ।
हामिले योगा, प्राणायामलाई दिनचर्यामा अनिवार्य बनाउन सके हामिमा विद्यमान रोग, शोक र तनावबाट मुक्त निश्चित रुपमा हुने थियौ। तसर्थ अघिल्लो लेखमा योग संबन्धमा सानो चर्चा गरेको थिए, अधिकाँश मित्रहरुको चासो एवं अनुरोध पाइयो। हुन त म योगमा पारंगत योगि होइन तर मेरो साधनाको अनुभव(एक समय म स्वयं रोगी थिएँ) र स्वध्यायको आधरमा संभव भएसम्म सरल तरिकाले योग संबन्धमा जानकारी गराउने कोसिस गर्नेछु।कहि कतै त्रुटि भएमा विज्ञजनहरुबाट सुधार एवं सुझावको अपेक्षा समेत रख्दछु। ॐ सदगुरु गोरखनाथाय नम:!!! क्रमश………

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।