0 COMMENTS

पोखरा, १६ साउन ०७४/ महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले ज्येष्ठ नागरिक र अपाङ्गको संरक्षणमा राज्यको विशेष ध्यान पुग्नु जरुरी रहेको बताउनुभएको छ । 

महिला तथा बालबालिका विभागको आयोजनामा आज यहाँ आयोजित वार्षीक समीक्षा गोष्ठीमा उहाँले सीमित भत्ताले मात्रै उनीहरुको गुजारा नचल्ने भएकाले जीविकोपार्जनका लागि राज्यले जिम्मा लिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

मन्त्री कोइरालाले स्थानीय तहमा निर्वाचित महिलालाई सक्षम र जिम्मेवारी बोध बनाउन विशेष कार्यक्रमको खाँचो रहेको पनि बताउनुभयो । 

मन्त्रालयका सचिव खगराज बरालले हरेक काममा महिलाको सहभागिता प्रभावकारी बन्दैगएको धारणा व्यक्त गर्नुभयो । 

विभागका महानिर्देशक नरेशकुमार चापागाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, उपसचिव विजयाकुमारी प्रसाईंलगायतले बोल्नु भएको थियो । 

सो वार्षीक समीक्षा गोष्ठीमा ७५ जिल्लाका प्रमुख महिला विकास अधिकृत र महिला विकास अधिकृतको सहभागिता रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।